National News

[National News][stack]

त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री घिमिरेको गाडी दुर्घटनाबारे खुल्यो यस्तो रहस्य

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौँ, २३ मङ्सिर । आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठन भएको छानबिन समितिले सो निष्कर्ष निकालेको हो ।

समितिले पूर्वमन्त्री घिमिरेले जिप आफँैले चलाउनुभएको तथा दुर्घटनामा अन्य पक्षको हात नरहेको र यसलाई दुर्घटनाकै रुपमा लिनपर्ने रायसहितको प्रतिवेदन आज उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै संयोजक रानाले भन्नुभयो, “उहाँको जिपले आफूअघिको ट्रकलाई उछिन्दै अघि बढ्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएपछि ठोक्किनबाट जोगिन खोज्दा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको देखिन्छ ।

दुर्घटनाको समयमा चालककारुपमै रहनुभएका पूर्वमन्त्री घिमिरेले ‘ब्रेक’ नलगाएको अनुमानसमेत गरिएको छ । गत असोज ११ गते १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति गठन गरिएको थियो ।

सो क्षेत्र दुर्घटना बढी हुने क्षेत्र भएका र सोहीअनुरुपको सावधानीका लागि सवारी चिह्नसमेत राखिए पनि त्यसको पालना नभएको देखिएको प्रतिवेदनमा औँल्याइएको छ । दुर्घटनाको समयमा सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका चालक विष्णु राईले पूर्वमन्त्री घिमिरेले जिप चलाउँछु भनेपछि आफूले छोडेको र दुर्घटनाको बखत आफू निदाएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

जिपमा सवार सातमध्ये चालक राई मात्रै बाँच्नुभएको थियो । पूर्वमन्त्री घिमिरेसहित उहाँका आमा, दुई भाइको मृत्यु भएको थियो । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले दुर्घटना दुःखद भएको बताउँदै प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]