पाकिस्तानी सेनाले चलाएको गोली लागी ११ भारतीय सैनिकको मृत्यु !


Loading...
एजेन्सी – पाकिस्तानी सेनाका प्रमुख राहिल सरीफले आफ्ना सैनिकले चलाएको गोली लागि ११ भारतीय सैनिकको मृत्यु भएको दावी गरेका छन् ।
उनले गएको आइतबार पाकिस्तानी र भारतीय सेनाबीच दुइतर्फी भएको फायरिङमा ११ भारतीय सैनिकको पनि मृत्यु भएको दावी गरेका हुन् ।
आउँदो नोभेम्बर २९ मा रिटायर हुन लागेका सरिफले हिजो बुधबार यस्तो दावी गरेको भारतीय संचार माध्यमले जनाएको छ ।
तर भारतीय पक्षले भने पाकिस्तानको यस दावीमा कुनै सत्य नभएको ठोकुवा गरेको छ ।
गएको आइतबार एलओसीको बिंबर क्षेत्रको नियन्त्रण रेखामा पाकिस्तानी र भारतीय पक्षबीच गोली हानाहान भएको थियो ।
गोली हानाहानमा भारतीय सेनाले चलाएको गोली लागी ७ पाकिस्तानी जवानको मृत्यु
X
Related posts
No comments: