National News

[National News][stack]

पश्चिम नेपालभन्दा काठमाडौंमुनि थुप्रिएको भुइँचालो ठूलो

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...


सर्लाहीको कर्मैया–४, वनटोलस्थित बाग्मती ब्यारेजनिरको क्षेत्र, जुन हिमाली क्षेत्रमा गएका भुइँचालोको अवशेष हो। यहाँ पछाडिपट्टि लगभग पाँच सय मिटर उत्तरबाट चुरे पहाड अग्लिन थाल्छ। अगाडिपट्टि बाग्मती नदी छ। बीचमा १० मिटर अग्लो फराकिलो ढिस्को देखिन्छ। चुरे र मधेस बीचमा रहेको यो १० मिटर अग्लो ढिस्को नयाँ पहाडी शृंखला बन्ने क्रमको सुरुआत भएको भूगर्भ वैज्ञानिक बताउँछन्। तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी

न्यूजिल्यान्डमा यही सोमबार ७.८ म्याग्निच्युडको भुइँचालो गयो। यो ठ्याक्कै त्यति नै शक्तिशाली हो, जति २०७२ वैशाख १२ गते नेपालमा गएको थियो।

उता, पाँच दिन बीचमै प्रभावित क्षेत्रका चार सय व्यक्ति सुरक्षित स्थानमा सारिएका छन्। यता, डेढ वर्षमा पनि पुनर्निर्माण र पुनर्स्थापनाकै काम अलपत्र छन्। झन् त्यसबाट पाठ सिकेर अबको सम्भावित भुइँचालोका लागि गर्नुपर्ने तयारीमा न सरकारको ध्यान गएको छ न त सर्वसाधारणले नै सोचेका छन्।

सबै ढुक्क देख्दा यस्तो लाग्छ, मानौं नेपालमा भुइँचालो जोखिम सधैंका लागि टरिसक्यो!

तर, वास्तविकता अर्कै छ।

नेपालसहित तीन देशका भूगर्भ वैज्ञानिकको गत साता प्रकाशित शोधपत्रले भूकम्पीय जोखिमका तीन नयाँ तथ्य सार्वजनिक गरेको छः

पहिलो, वैशाख १२ को गोरखा भुइँचालोले मध्य–नेपालको भूकम्पीय जोखिम पूरै निमिट्यान्न पारेको छैन। काठमाडौंसमेत पर्ने यस क्षेत्रमा ८ म्याग्निच्युडभन्दा ठूलो विनाशकारी भुइँचालो जाने सम्भावना कायम छ।

दोस्रो, पश्चिम–नेपालमा ठूलो भुइँचालो नगएको ५०० वर्ष नाघिसकेकाले बढ्ता जोखिम त्यतै छ भन्ने अहिलेसम्मको विश्वास थियो। नयाँ शोधपत्रले भने पश्चिमभन्दा मध्य–नेपालमा बढ्ता जोखिम देखाएको छ। मध्य–नेपाललाई केन्द्रविन्दु बनाएर पछिल्लोपल्ट सन् १२५५ मा ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो गएको थियो। त्यसयता त्यति नै ठूलो भुइँचालो नगएको ७६१ वर्ष भइसकेको छ। वैशाख १२ को भुइँचालो मध्य–नेपालमै गएको हो, तर ७६१ वर्षदेखि थुप्रिएको भूकम्पीय शक्तिलाई ७.८ म्याग्निच्युडले निष्कासन गर्न सक्दैन।

तेस्रो, पूर्वी–नेपाललाई केन्द्रविन्दु बनाएर सन् ११०० र त्यसपछि १९३४ (विसं १९९० साल) मा ठूलो भुइँचालो गयो। यसअनुसार हिमाली क्षेत्रमा महाभूकम्प फर्किने अवधि (पुनरावृत्ति समय) ८३४ वर्ष हुन सक्छ।

अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की, जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा र त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक दीपक चाम्लागाइँले यी तीन निष्कर्षसहितको शोधपत्र लेखेका हुन्।

बर्दिबासदेखि बुटवलसम्म फेला परेका भूकम्पीय अवशेषको स्थलगत अध्ययनमा आधारित यो शोधपत्र ‘अर्थ एन्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]