National News

[National News][stack]

टोपी दिवसप्रति बाबुरामको आक्रोशः अब धोती दिवस !...

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौंः आइतबार टोपी दिवस मनाइएकोप्रति पूर्व प्राधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आक्रोश व्यक्त गरेका छन्।
अंग्रेजी नयाँ वर्षकै दिन जनवरी १ मा टोपी दिवस मनाइएकोप्रति बाबुरामले आक्रोश व्यक्त गरेका हुन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत् बाबुरामले आज टोपी दिवस मनाउनेले कुनै दिन धोती दिवस समेत मनाउन सक्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
ट्वीटरमा बाबुराम लेख्छन्, ‘टोपी दिवस रे ! अब बख्खु दिवस ! धोती दिवस !...’ बाबुरामले टोपी दिवसलाई धोतीसँग तुलना गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
उनले टोपी दिवस जायज नभएको भन्दै थप लेखेका छन्, ‘संविधान र राष्ट्रगानमा समेत बहुजाती र बहुसंस्कृति स्वीकारिसकेको देशमा एकल संस्कृतिका कुरा कति जायज ?’
टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़?
आइतबार राजधानीसहित देशभरका विभिन्न स्थानमा टोपी दिवसको अवसरमा र्याली निकालिएको छ । राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी नै निकालेर टोपी दिवस मनाइएको छ ।
‘जागरुक युवा अभियान नेपाल’ ले आइतबार ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ नारा दिएर टोपी दिवस मनाउन सबैलाई आह्वान समेत गरेको थियो ।

टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़?
— Baburam Bhattarai (@brb1954) January 1, 2017

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]