National News

[National News][stack]

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं– ‘तरकारीवाली’ ह्यासट्याग (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।

सुन्दर अनुहारमा मन्द मुस्कानका साथ तरकारीको भारी बोकेर पुल तर्दै गरेको उनको तस्बिरलाई समामाजिक सञ्जालमा धेरैले मन पराएका छन्। साथमा खुला बजारमा तरकारी पसल राखेर तरकारी बेच्दै गरेको अर्को तस्बिर पनि साथै सामाजिक सञ्जालमा छाएको छ।

सुन्दर पहाडी इलाकाको कुनै गाउँबाट तरकारी बोकेर झोलुङ्गे पुलमार्फत बजारमा लगेर तरकारी बेच्ने काम गर्ने युवती हुन् भन्ने तस्बिरबाट अनुमान लगाउन सकिन्छ ।

यसअघि, पाकिस्तानका एक चिया बेच्ने केटा आफ्नो नीलो आँखाका कारण इन्टरनेटमा भाइरल बनेका थिए। उनलाई मोडलिङको अफर समेत मिलेको थियो। यसैगरी भाग्यले साथ दिएपछि उनी चिया बेच्नेबाट मोडल बने। उनी सिनेमा पनि देखिने तयारी गर्दैछिन् भन्ने खबर पनि आउन थालेको छ।

के इन्टरनेटमा भाइरले भएको तरकारीवालीको तस्बिरले पाकिस्तानी चियावालाकाे जस्तै उनको पनि भाग्य बदल्न सक्ला त ? के उनलाई उनको भाग्यले तरकारी बेच्ने केटीबाट एक मोडल वा सेलिब्रेटी स्टार बनाउन सक्ला ?नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]