National News

[National News][stack]

भारतीय रास्ट्रपति मुखर्जी नेपाल आउँदा ‘लिपुलेक हाम्रो हो’ नारा मेटियो

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं १७ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि शहर सफा राख्ने नाममा सरकारले नेपाली राष्ट्रियता झल्किने नारासमेत मेटाएको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भारत विरोधी नारा मेटिएका छन् । यतिसम्म की नेपाली भूमि लिपुलेकको पक्षमा लेखिएको नारासमेत काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले मेटेका छन् ।


काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले फोहर मैला निरीक्षण तथा अनुगमन टोली नै गठन गरेर कर्मचारीहरु परिचालन गरेको छ । ति कर्मचारीहरु बिभिन्न स्थानमा गरिएका वालपेन्टिङ मेटाउँदै हिँडेका छन् ।
यसैक्रममा बुद्धनगर अल्फाविटा कम्प्लेक्स अगाडिको सडकको भित्तामा ‘लिपुलेक हाम्रो हो’ भनेर लेखिएको नारासमेत मेटाइएको छ ।

मुखर्जीको आगमनको क्रममा भारत विरोधी सन्देश प्रवाह नहोस् भनेर सबै नाराहरु मेटाइएको महानगरपालिकाका एक अधिकारीले बताए ।

मुखर्जीको स्वागतका लागि काठमाडौंका सडकका बिभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सडकका दुबै किनारमा नेपाल र भारतका राष्ट्रिय झण्डासमेत फहराइएको छ । अनलाइन खबर बाट

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]