National News

[National News][stack]

काठमाडौं नआउँदै प्रणव मुखर्जीलाई यसरी लाग्यो ठूलो झट्का ! चारैतिर कालो झण्डा

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं, १७ कात्तिक । नेपालमाथि भारतीय शासकद्वारा भएको चरम हस्तक्षेपको विरोधमा ग्रेटर नेपालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालो झण्डा देखाउने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर बाहिर निस्कनेवित्तिकै ग्रेटर नेपालका संयोजक फाणिन्द्र नेपालसहितको समूहले मुखर्जीलाई कालोझण्डा देखाउने भएको हो । संयोजक फाणिन्द्र नेपालले भने, ‘छापामार शैलीमा भए पनि हामीले प्रणव मुखर्जीलाई कालो झण्डा देखाउने छौँ ।’
ग्रेटर नेपालले सामाजिक सञ्जालभरि मुखर्जीलाई कालो झण्डा देखाएर विरोध जनाउन अपील पनि गरेको छ ।
‘राष्ट्रवादी साथीहरू ! नेपाल र नेपालीका एकमात्र शोषक इन्डियाका राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि हुने नेपाल भ्रमणका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य द्वार अगाडि छापामार शैलीमा सतर्कतापूर्वक भेला भई कालो झन्डा देखाऊँ र हामीलाई नाकाबन्दी गरेर जिउंदै मार्न खोज्ने भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव जोसुकैको तबसम्म विरोध गरौँ, जबसम्म यो अपराधका निम्ति उनीहरू हामीसँग माफी माग्दैनन् र नेपालको ६०००० वर्ग कि. मि.जमिन उसले ओगटिरहेको छ र के मुखर्जीको स्वागत गरेर उसले यसो गर्नु ठीक हो भनी त्यसको अनुमोदन गर्नु ? कश्मीरमा भएको भिडन्तमा परी भारतीय गोर्खा सेनामा कार्यरत धरानका विमल तामाङको मृत्यु भएको छ । नेपालीले इन्डियाको निम्ति रगत बगाउने, जीवनको बलिदान दिने अनि यसको बदला इन्डियाका शासकहरू नेपाल टुक्र्याउने योजना बनाउने ? शत्रु हो भनेर चिनिसकेपछि उसलाई सम्मान किन ? तसर्थ साहसका साथ मुखर्जीको विरोधमा सडकमा उत्रौँ’, अपीलमा भनिएको छ ।
उता, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले पनि भारतीय राष्ट्रपति मुखर्जीलाई कालोझण्डा देखाएर विरोध गर्ने तयारी गरेको स्रोतले जनाएको छ । मुखर्जीको विरोध स्वरुप विप्लव माओवादीले कात्तिक १४ गते काठमाडौंमा विरोध प्रदर्शन समेत गरिसकेको छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]