National News

[National News][stack]

ज्योतिले तताइन् पथरी (फाेटाे फिचर सहित)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
पथरी / पथरी महोत्सवहरूमा दर्शकहरूलाई आफ्ना उत्तेजक हाउभाउबाट मन्त्रमुग्ध गर्न सफल भएकी गायिका एवम् मोडल ज्योति मगरले बिहीबार साँझ पथरी महोत्सवमा झन् उत्ताउली देखिइन् । सुनाखरी युवा क्लबले आयोजना गरेको पथरी महोत्सवमा साँझ १५ सय दर्शकमाझ ज्योतिले उत्तेजक र अश्लिल हाउभाउबाट आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरेकी छिन् । स्टेजबाटै युवाहरूलाई आछु आछु पार्ने शब्द प्रहार गरेकी ज्योतिको प्रस्तुति देखेर युवाहरू मन थाम्न नसकी भाग्न बाध्य भए । ज्योतिले आई लभ यू , सोल्टी, च्वाक, झ्याप, रोमान्स गर्ने हो ?यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्तो लुरेले ज्योतिलाई सक्दैन जस्ता भाषाले महोत्सवको माहोल गरमगरम बनाएको थियो । महोत्सवमा उपस्थिति दर्शकले ज्योतिको प्रस्तुति मात खुवाउने खालका रहेको टिप्पणी गरेका थिए । उता ज्योतिले पत्रकारहरूलाई पनि कर्के नजर लगाउँदै उनले भनिन्, ‘उहाहरूले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ यहाँ ‘लो एङ्गल’बाट फोटोे खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर जुम गरिगरि हेर्नुहुन्छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]