काठमाडौंको गुर्जुधारामा भयानक दुर्घटना, कम्तीमा ४ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी


Loading...

शुक्रबार दिउँसो थानकोट हुँदै काठमाडौं भित्रिएको ट्रकले अन्धाधुन्दा ठक्कर दिँदा कम्तीमा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मे १ ख २४३९ नम्बरको ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा ७ जना मानिसहरु परेको हुनसक्ने अनुमान गरिएको छ ।
ट्रकले ट्याक्सीसहित अन्यत्र पनि ठक्कर दिएकोले गर्दा बटुवाहरु पनि परेको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाको सनाखत भइसकेको छैन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
दैनिक नेपालमा खबर छ |
X
Related posts
No comments: