विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट म्यानेजर अवार्ड’बाट सम्मानित
Loading...
काठमाडौं, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक कुटनीति विस्तारका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको बुधबार राजधानीमा भएको ६६औं वार्षिक साधारणसभा एवं चेम्बर दिवसको कार्यक्रममा उनले निर्यात प्रबद्र्धनका लागि आर्थिक कुटनीतिलाई ध्यानमा राखेको बताए ।
उनले विगतको गल्तीबाट पाठ सिक्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने बताए ।
उनले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि सरकारले राखेको साढे ६ प्रतिशतको आर्थिकबृद्धि हासिल गर्न सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताए ।
उनले हालै जारी औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र ऐन तथा सरकारले रुग्ण उद्योग सन्चालन गर्ने सरकारले लिएको नीतिले निजी क्षेत्र उत्साहित बनेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रमैत्री केही ऐनले सकारात्मक संकेत देखाएको बताए ।
उनले उर्जा क्षेत्रको विकासमा निजी क्षेत्र सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
चेम्बरले यसै अवसरमा विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट म्यानेजर अवार्ड’बाट सम्मानित गर्यो ।
यस्तै, लक्ष्मीदास मानन्धरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ ।
चेम्बरले धेरै निर्यात गर्ने निर्यातकर्ताहरुलाई पनि सम्मान गरेको थियो ।
X
Related posts
No comments: