National News

[National News][stack]

देशको राजनीतिक माहोल बिग्रदै जाँदा ओलीले गरे देशबासीका नाममा सम्बोधन, यस्तो छ ओलीको सम्पूर्ण नेपालीलाइ अपिल (पूर्ण पाठ सहित)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं, १७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर चुनाव घोषणा गर्न आग्रह गरेका छन् । शनिवार राती सार्वजनिक अपिल प्रकाशित गर्दै ओलीले संविधान संशोधन विधेयक फिर्ता लिएर मुलुकलाई निर्वाचनको दिशामा अघि बढाउन आग्रह गरेका हुन् ।
वर्तमान राजनीतिक संकट समाधानको एउटै बाटो असंबैधानिक तवरबाट आएको जनचाहना विपरितको संविधान संशोधन विधेयक फिर्ता गरी निर्वाचनको दिशामा अघि बढ्नु रहेको ओलीको भनाई छ ।
‘वर्तमान संकट समाधानको एउटै बाटो हो– असंबैधानिक र जनचाहना विपरितको संशोधन विधेयक फिर्ता लिनु र मुलुकलाई निर्वाचनको दिशामा अगाडि बढाउनु’ ओलीको अपिलमा उल्लेख छ, ‘हामीले सरकालाई बारम्बार भनेका छौं–अविलम्ब तीनै तहको निर्वाचन घोषणा गर १ स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन तुरुन्त बुझ र राज्य पुनर्संरचनाको विधिवत आरम्भ गर ।’
निर्वाचन सम्बन्धी विधेयक अघि बढाएर कार्ययोजना अघि सारे सरकारलाई सहयोग गर्ने ओलीले उल्लेख गरेका छन् । ‘निर्वाचन सम्बन्धी विधेयकहरु यथाशीघ्र संसदमा प्रस्तुत गर र संविधान कार्यान्वयनको स्पष्ट कार्ययोजना एवं कार्यतालिका अगाडि सार,’ ओलीले अपिल गरेका छन्, ‘यस दिशामा चलिने कुनै पनि कदमलाई सहयोग गर्न हामी तयार छौं ।’

ओलीले जारी गरेको अपिलमा भनिएको छ ,
–प्रक्रिया, अन्तरवस्तु र परिणाम सबै हिसाबले संशोधन विधेयक गलत छ ।
–संविधान संशोधन आवश्यकता, औचित्य, राष्ट्रिय हित एवम् जनचाहनाका आधारमा मात्रै हुन सक्छ ।
–कसैलाई खुशी पार्न र सीमित समूहलाई रिझाउन संविधान बनाउँदा अभिव्यक्त ९० प्रतिशत सांसदहरूको सहमतिलाई भत्काउन मिल्दैन ।
–निहित स्वार्थ पूर्तिका लागि गरिएको बाचाकबुल पूरा गर्न अनुबन्धित सरकारले सबै आग्रहलाई लत्यायो र झण्डै मध्यराति संशोधन विधेयक दर्ता ग¥यो । यसका विरुद्ध एक महिनाभन्दा लामो समयदेखि संसद्मा विरोध जारी छ र लाखौं जनताले सडकमा उत्रेर प्रतिवाद गरिरहेका छन् ।
–सत्तारुढ दलका नेता र सांसदसमेत विरोधमा छन् । संसद्को संरचना र आन्दोलनमा अभिव्यक्त जनभावनालाई कदर गर्दै विधेयक फिर्ता लिएर मुलुकलाई सहज अवस्थामा फर्काउनुको साटो सरकार धम्कीको भाषा बोल्दै वातावरणलाई निरन्तर उत्तेजित र थप जटिल बनाउन उद्यत् देखिएको छ ।
–अविलम्ब तीनै तहको निर्वाचन मिति घोषणा गर्नुपर्छ, रस्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन तुरुन्त बुझनुपर्छ ।
–नर्वाचनसम्बन्धी विधेयकहरू यथाशीघ्र संसद्मा प्रस्तुत गर्नुपर्छ र, संविधान कार्यान्वयनको स्पष्ट कार्ययोजना एवम् कार्यतालिका अगाडि सार्नुपर्छ । यस दिशामा चालिने कुनै पनि कदमलाई सहयोग गर्न एमाले तयार छ । तर, निर्वाचनलाई अन्यौल र अनिश्चयमा धकेलेर संविधान संशोधनका नाममा गरिने कुनै पनि जनविरोधी र देशघाती काम किमार्थ स्वीकार्य हुन सक्दैन ।

यस्तै ओलीले जारी गरेको अपिलमा नेकपा (एमाले) लगायत ९ दलहरूको आह्वानमा पुस २२ गते काठमाडौंमा हुने विशाल जनप्रदर्शनमा काठमाडौबासिलाइ आग्ह गरिएको छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]