National News

[National News][stack]

‘अनिल कपुर’ शैलीमा मध्यरातमा मन्त्री सडकमा निस्केपछि...

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं, १३ पुस — पुस महिनाको कठ्याङ्ग्रिने जाडो, घडीमा करीब रातको १० बजिसकेको थियो ।
काठमाडौंका सडकहरू सुनसान भइसकेका थिए । मंगलवार राति गौशालाको सडकमा एकाएक मानिसहरूको ठूलै भीड देखियो । ठूला–ठूला उपकरणहरूले सडकछेउ करीब आठ फीट गहिरो खाडल खनेर ठूला–ठूला पाइपहरू बिछ्याउँदै थिए ।
त्यसै भीडको बीचमा फुर्तिलो एक व्यक्ति हँसिलो र प्रसन्न मुद्रामा देखिए । मंगलवार राति सडकमा सुकिलो व्यक्ति देखेपछि एकछिन कामदार अकमक्कमा परे । त्यो राति सडक चहार्ने व्यक्ति थिए खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का ।

काठमाडौंमा रातको चहलपहल घट्दै गएका समयमा मन्त्रालयका सचिव तथा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका उच्चपदस्थ अधिकारी लिएर राज्यमन्त्री खड्का सडकमा पुगेका थिए । हिन्दी सिनेमा ‘नायक’मा अनिल कपूरको शैलीमा मन्त्री खड्का बहुप्रतीक्षित मेलम्ची खानेपानीको प्रगति बुझ्न सडकमा निस्केका थिए । काठमाडौंवासीलाई निर्धारित समयमै खानेपानी घरघरमा पु–याउने उनको अठोट थियो ।

‘आजभन्दा करीब २५ वर्षपहिले नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंवासी लाई पियाउने भनी देख्नुभएको सपना सार्थक हुने दिशामा काम अगाडि बढेको छ,’ राज्यमन्त्री खड्काले भने, ‘आयोजना समयमै पूरा गर्न दिन र रातको परवाह गर्दिनँ ।’
धेरै वर्षसम्म कछुवा गतिमा भइरहेको कामले पछिल्लो समय तीव्रता पाएको छ । मंगलवार नै मेलम्चीको सुरुङ निर्माणको एक खण्डको काम पूरा भएको थियो ।

‘मन्त्रीजी यसअघि पनि निरन्तर अनुगमनमा जानु भएको थियो, सुरुङ खन्ने ठाउको पनि निरिक्षण गर्नु भएको छ’ स्वकिय सचिव सेवक पोखरेलले लोकान्तरसँग भने, ‘बुधवार विहान गौरीघाट नजिकको ढल प्रशोधन केन्द्रको पनि अनुगमन निरिक्षण गर्नु भएको छ ।’

दशकौंदेखि चर्चाको विषय बन्ने गरेको मेलम्ची आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी वितरणका लागि काठमाडौं उपत्यकामा पाइप विस्तारको काम तीव्र गतिमा भइरहेको छ । बीचमा कुनै प्राविधिक समस्या नआए आगामी दशैं अर्थात् २०७४ सालको असोजसम्ममा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने मन्त्रालयका सचिव भीम उपाध्यायले बताए ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]