National News

[National News][stack]

‘१८ मिनेट विमान आकाशमा भएको भए मेसीसहित सबै अर्जेन्टिनी खेलाडी मारिन्थे’

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
ब्राजिली क्लब चापाकोइन्सेका खेलाडी चढेको विमान दुर्घटना भएको ११ दिन नबित्दै विमानको विषयमा अर्को सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ।

ब्राजिलको साओ पाउलोस्थित फोल्हा अखबारले सार्वजनिक गरेको समाचारअनुसार चापाकोइन्सेका खेलाडी लिएर कोलम्बिया उड्नुअघि बोलिभियाको एलएमआई–२९३३ नम्बरको विमानले एक साताअघि अर्जेन्टिनी खेलाडी बोकेर उडेको थियो।

विश्व चर्चित स्ट्राइकर लिओनल मेसीसहित अर्जेन्टिनाको राष्ट्रिय टोलीको खेलाडी समावेश रहेको विमान १८ मिनेट मात्र आकाशमा अलमलिएको भए दुर्घटनामा सबैको ज्यान जाने बताइएको छ।

फोल्हा अखबारले अर्जेन्टिनी फुटबल खेलाडी विश्वकप छनोटका लागि ब्राजिलमा खेल्न आउँदा ‘एयर ट्राफिक मोनिटर’को अध्ययन गरेको थियो। जसमा विमान कम्पनीले अत्याधिक जोखिम मोलेर अर्जेन्टिनी खेलाडीलाई ब्राजिलमा ल्याएको खुलासा भएको छ।

अखबारका अनुसार विमानको तेल क्षमता ४ घण्टा २२ मिनेटको थियो। मेसीसहित अर्जेन्टिनी खेलाडीले अर्जेन्टिनाबाट ब्राजिलको यात्रा गर्दा यात्राको समय ४ घण्टा ४ मिनेटको थियो।

फुटबल खेलाडीसहित ७१ यात्रुको निधन भएको घटना पनि विमानको लापरवाहीका कारण भएको प्रारम्भिक रिपोर्टले जनाइसकेको छ। अखबारका अनुसार बोलिभियाबाट उडेको चापाकोइन्सेका खेलाडीको कोलम्बियास्थित मेडलिन विमानस्थलभन्दा केही अगाडि दुर्घटनाग्रस्त हुनुको कारण टावरले रनवे खाली नभएका कारण केही समय आकाशमै बस्न दिएको निर्देशनलाई मानिएको छ। कम तेल क्षमताका कारण आकाशमै विमानलाई केही समय राख्नु पर्दा तेल रित्तिएको र विमान तल झरेको बताइएको छ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]