विधुवा राष्ट्रपति छिर्दा अपवित्र जानकी मन्दिर ‘विदुर राष्ट्रपति’ छिर्दा कसरी पवित्र ?
Loading...
त्यसबेला मधेश आन्दोलन उत्कर्षमा थियो । तराई र काठमाडौंबीचको दुरी कम गर्ने पवित्र हेतुले राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा पूजा अर्चना गर्न प्रवेश गर्दा त्यहाँका मधेशी नेताहरु/ कार्यकर्ताले शुभ कार्यमा ‘विधवा’ भण्डारीको प्रवेशले मन्दिर अपवित्र भयो भन्दै राष्ट्रपतिको चर्काे आलोचना गरे ।
यतिमात्रै होइन् ‘विधवा’ले मन्दिर परिसरमा प्रवेश गरेर मन्दिर अपवित्र तुल्याएको भन्दै गंगाजलले मन्दिर परिसर पखालेको घटना धेरै नेपालीको मनस्थितीमा नहटेको हुनुपर्ने हो ।
झण्डै एक वर्ष पछाडि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार प्रसिद्ध ऐतिहासिक तथा पुण्य भूमि जनकपुर पुगेर जानकी मन्दिरमा पूजाआजा गरे । जनकपुरमा उनको भव्य स्वागत गरियो ।
भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गरेका थिए । राष्ट्रपति मुखर्जीले सो मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गरे ।
मधेसवादी दलका नेताहरुले पनि मुखर्जीको भ्रमणको प्रशंसा गरे । स्मरण रहोस,भारतीय राष्ट्रपति प्रवण मुखर्जी ‘विदुर’ हुन । उनको पत्नी सुव्रा मुखर्जीको बर्ष दिन अगाडि नै निधन भएको थियो ।
यस्तै दृश्यले विरक्त भएर हुनुपर्दछ पूर्व प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले लेखेका छन्– सीताको देशको राष्ट्रपतिलाई विधवा भनेर अपमान गर्नेहरु आज तिम्रो स्वामिभक्ति देखियो जनकपुरमा । तिमी उतै जाउ अयोध्या ।
X
Related posts
No comments: