कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
कात्तिक २२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मका प्रधानमन्त्रीले गर्न नसकेको लोडसेडिङ्गमुक्त अभियानलाई सार्थक बनाउने प्रयास गरेका छन् । र यसको नतिा काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरुमा देखिन सुरु भैसकेको छ । विगत केही दिनयता काठमाडौं उपत्यका, पोखरा लगायतका शहरमा लोडसेडिङ्ग भएको छैन । दैनिक ९ घण्टा लोडसेडिङको तालिका भएपनि काठमाण्डु उपत्यकामा पछिल्लो दुई हप्तादेखि बत्ति गएको छैन । प्रचण्डले यसलाई दीर्घकालिन बनाउनका लागि पहल थालेका छन् भने सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेका छन् । अहिले उर्जामन्त्री माओवादीकै जनार्दन शर्मा ‘प्रभाकर’ छन् । र यसको जस उनलाई पनि गएको छ । उर्जामन्त्रीले लोडसेडिङ कम गर्नका लागि विद्युत महसुल नतिर्नेको घर र कार्यालयमा विद्युत काट्ने र चुहावट रोक्न पहल गर्ने काम गरिरहेका छन् । साथै ‘लोडसेडिङ मुक्त काठमाण्डु’ को योजनामा केही समयअघि मात्रै नियुक्त भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङले विद्युत प्राकिरणका केही कर्मचारीले लुकाएर वितरण गरेको विजुली सबैलाई समानुपातिक रुपमा वितरण गर्दै उपत्यकालाई लोडसेडिङ मुक्त गराउने अभ्यास गरिरहेका छन् । यसलाई दीर्घकालिन रुप दिन भने प्रधानमन्त्री प्रचण्डले पहलकदमी चालेका छन् । निर्माण कार्य सुरु भएको वर्षौसम्म पनि जलविद्युत आयोजना सम्पन्न नहुनु, विद्युत चुहावट हुनु, विद्युतको असमान वितरण हुनु, विद्युत चोरी हुनु लगायतका समस्याका कारण नेपालमा ९ देखि १६ घण्टासम्म लोडसेडिङ हुने गरेको तितो यथार्थ नेपालीमाझ रहेको सन्दर्भमा प्रचण्डको यो पहलकदमीलाई धन्य मान्नैपर्छ । -
No comments: