सुनसरीको धान खेतमा जमिन मुनीबाट ठुलो मात्रामा पानी माथी तैरिने पेट्रोलियम पदार्थ भेट्टियो


Loading...
सो धान खेतमा जमिन मुनीबाट निस्किएको तेल पानिले भरीएको धान खेतको सतहमा माथी तैरिएर बगीरहेको छ । स्थानीय बेचनी खातुनको धान खेती गर्दै आएका मो.ताहिर मन्सुरीले खेतमा धान गोडने क्रममा जमिन मुनीबाट तेल निस्किएर दक्षिण तर्फ पानीले भरीएको धान खेतमा करिब २०० सय मिटर सम्म बग्दै गएको देखे पछी सो स्थानमा तेल आशंका गरिएको छ।
शुक्रवार दिउँसोदेखी जमिन मुनी बाट तेल निस्कीएर धान खेतको पानीमा तैरिदै बग्दा पुरै धान खेती नष्ट हुने अवस्था आए पछि तेल निस्कीएको दुलो माटो हालेर पुरिएको मो.ताहिर मन्सुरीले बताएका छन । खेत धनी मुजीवर रहमानले तेलको गन्धले पुरै खेत गन्हाएको र तेल डिजेल मट्टीतेल जस्तै गन्ध आईरहेको बताए।
अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी सहायक निरीक्षक दिलीप चौधरीको नेतृत्वमा सुरक्षा टोली खटिएको छ । प्रहरी सहायक निरीक्षक चौधरीले खेत आसपास सवै तिर पानी माथी तेल बगेर तैरिरहेका हुदाँ तेलको गन्ध र तेल जस्तो पदार्थ जमिन मुनी बाट निस्कीरहेको बताए।
X
Related posts
No comments: