सामसुङ मोबाइलको मूल्य घट्यो, कस्को कति ?


Loading...
८६ हजार ९ सय पर्ने ग्यालेक्सी नोट फाइभमा १० हजार घटाएको छ। अब ७६ हजार ९ सयमा सो मोबाइल किन्न सकिन्छ।
त्यस्तै सामसुङ एस सेभेन एज र एस सेभेनमा १२ हजार क्यास ब्याकको अफर उसले ल्याएको छ। ५० हजार ९ सय पर्ने ग्यालेक्सी ए सेभेन सिक्समा ५ हजार घटेको छ भने ग्यालेक्सी ए फाइभमा ५ हजार रुपैयाँ घटेको छ। अब ग्यालेक्सी ए सेभेन सिक्स अब ४५ हजार ९ सय र ए फाइभ ३७ हजार ९ सयमा किन्न पाइन्छ।
ग्यालेक्सी जे सेभेनमा १५ सय घटाइएको छ। २७ हजार ९ सय ९० पर्ने सो मोबाइल २६ हजार ४ सय ९० मा किन्न सकिन्छ। त्यस्तै ग्यालेक्सी जे फाइमा २ हजार घटाइएको छ, अब सो मोबाइलको मूल्य २३ हजार ४ सय ९० पर्छ । जे २ सिक्स को भने मुल्य घटाइएको छैन्।
यो १५ हजार ९ सयमा किन्न पाइन्छ। त्यस्तै २२ हजार ९ सय पर्ने ग्यालेक्सी जे सेभेन अब २१ हजार ९ सयमा किन्न सकिन्छ । जे फाइभको मूल्य १९ हजार ९ सय तोकिएको छ । १२ हजार ९ सय पर्ने जेटु अब ११ हजार ९ सयमा पाइन्छ।
X
Related posts
No comments: