पेट्रोलियम पदार्थको कुनै सम्भावना नरहेको सुनसरी प्रशासनको तर्क , स्थानीय भन्छन् विज्ञ बोलाऊ – प्रशासनले पत्ता लाउन सक्दैन्


Loading...
१९ भाद्र, सुनसरी / सुनसरीको नरसिङ ३ स्थित धानखेतमा पेट्रोलिमय पदार्थ जस्तै देखिने वस्तु तैरिरहेको दावी गर्ने स्थानीयवासीको भनाईलाई सुनसरी प्रशासनले निराधार मानेको छ । सुनसरी प्रशासनले धानबारीमा जमिन मुनिबाट भुल्काका साथ पानीमा तैरिएको वस्तु पेट्रोलियम पदार्थ नभई आइरन भएको बताएपछि स्थानीयहरुले विज्ञ झिकाएर परीक्षणको माग गरेका छन् ।
विगतका वर्षहरुमा समेत नरसिङका विभिन्न भेगमा सोही प्रकृतिको तरल पदार्थ भेटिएको स्थानीयहरुको दावी छ । बारम्बार जमिन मुनिबाट निस्कने गन्ध सहितको तरल पदार्थबारे स्थानीय प्रशासनलाई जानकारी गराउँदा वेवास्ता गर्दै आएको सर्वसाधारणको भनाई छ ।
वास्तविकता पत्ता लगाउन विज्ञ झिकाउनु पर्ने दवाव स्थानीयतहबाट बढ्न थालेपछि सुनसरी प्रशासनले मन्त्रालयमा जानकारी गराउने तयारी गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले स्थानीयले दावी गरे जस्तो अवस्था नरहेपनि शंकास्पद भन्ने आषयको पत्र मन्त्रालयमा पठाउने तयारी थालिएको जानकारी दिनुभयो ।
X
Related posts
No comments: