National News

[National News][stack]

हिसिलालाई पक्राउ गर्न धनराज, शान्ता र सरस्वतीको माग, ‘देशद्रोह’ मुद्दा चलाउन प्रस्ताव

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं, २१ चैत । ‘यो देशलाई खारेज गर’ भन्ने हिसिला यमीको अभिव्यक्ति विरुद्ध ‘हिसिलालाई गिरफ्तार गर’ भन्ने अभियान सुरु भएको छ । देशको अस्तित्व समाप्त पार्नुपर्छ भन्दै अभिव्यक्ति दिने हिसिला यमीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउने माग राखिएको हो । कांग्रेस सांसद धनराज गुरुङ, सुनसरी कांग्रेसकी नेतृ मनिता घिमिरे, एमालेकी पूर्व सांसद शान्ता चौधरी, हालै नयाँ शक्ति छाडेर फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बू, पत्रकार राजकुमार रेग्मी र राष्ट्रिय भूमि अघिकार मञ्चकी महासचिव सरस्वती सुब्बाले ‘हिसिलालाई गिरफ्तार गर’ अभियान चलाएका हुन् ।हिसिलालाई पक्राउ गर्न धनराज, शान्ता र सरस्वतीको माग, ‘देशद्रोह’ मुद्दा चलाउन प्रस्ताव
फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियान अन्र्तर्गत हजारौंले फेसबुक र ट्विटरमा हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्ने माग लेखिरहेका छन् । उनीहरुले सामूहिक रुपमा एउटै कुरा लेखेका छन्– ‘यो देशलाई खारेज गर’( भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् ११’ त्यसैगरी हजारौंले यही माग र ‘एरेस्ट हिसिला यमी’ ह्यासट्यागमा विचार राखिरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा बसेर ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कांग्रेस सांसद गुरुङ भन्छन्– ‘यो देश खारेज गर भन्नु भनेको देशको अस्तित्व समाप्त पार भनेको हो । प्रहरी नियन्त्रणमा बसेर हिसिलाले नारा लगाएकी छिन् । त्यस्तो नारा लगाउने हिसिलालाई किन रिहा गरियो ? उनलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्छ ।’

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]