बझाङमा भूकम्पको धक्का
Loading...
शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो ।
बैशाख १२ र त्यसपछि लगातार रुपमा अाएका पराकम्पले गर्दा बेलुकाकाे खाना खान बसेका मानिसहरु भागाभाग गरेका थिए ।
गत बैशाख १२ पछि पराकम्प नभएर बझाङमै भूकम्पको धक्का महसुस गरिएको थियो । यसले पनि सर्वसाधरणलार्इ डर पैदा गरेका हो ।केही सञ्चारमाध्यमहरुमा ठूलो भूकम्प अाउनुअगाडी साना भूकम्प अाउँछ भनेर सुनेका बासिन्दाहरु डरले त्रसित रहेका खबर प्राप्त भएकाे छ ।
X
Related posts
No comments: