देउवाले लगाएको ‘गाजाँ खाएको’ आरोपमा ओलीले दिए यस्तो जवाफ
Loading...
‘अच्छा ! तपाईंले त ७५ जिल्लालाई ७५ प्रदेश बनाउने प्रस्ताव पनि ल्याउनु भएको थियो, संविधान जारी हुनुअघि ११ प्रदेशको प्रस्तावमा पनि कांग्रेसले सही गरेको थियो । संविधानमा लेखिएको कुरा छोडेर अव त्यता फर्कौं कि ?’ ओलीले प्रश्न गरे, ‘संविधान जारी गर्दा अहिलेको सीमाङकन ब्यवस्थामा तपाईंको र तपाईंको दलले चाहीँ के खाएर हस्ताक्षर गरेको नि ? हस्ताक्षर गरेको एकवर्षपछि संविधान पनि खोक्रो राष्ट्रवादी हुँदै गयो ?’ सोमबार भएको तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा देउवातिर फर्केर आँखा जुधाउँदै यस्तो प्रश्न गरेको बैठक श्रोतले बताएको छ ।
शनिवार राजधानीको एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान जारी गर्नु पूर्व तत्कालीन कांग्रेस–एमाले सझदारीमा ओलीले हस्ताक्षर गरेको लक्षित गर्दै देउवाले ‘गाँजा खाएर हस्ताक्षर गरेको ?’ भनी प्रश्न उठाएका थिए ।
संविधान जारी हुनुअघि सहमतिका लागि अगाडि सारिएका धेरै प्रस्ताव मध्येको एक प्रस्तावलाई लिएर संविधान जारी गरेको डेढ वर्षपछि देउवाले उठाएको प्रश्नलाई सोमबारको बैठकमा ओलीले जवाफ दिएका हुन् ।
X
Related posts
No comments: