National News

[National News][stack]

निर्वाचनपछि हिन्दू राष्ट्रका लागि जनमत संग्रह गराउनु पर्छ : डा. कोइराला

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
मोरङ , नेपाली कांग्रेसका महामंत्री डा. शशांक कोइरालाले सीमांकनको मुद्दा थाँती राखेर भएपनि स्थानीय निकायको निर्वाचन गराएर संविधान कार्यान्वयनमा अघि बढ्नुपर्ने बताउनु भएको छ । उहाँले तीन तहको निर्वाचन गरिसकेपछि हिन्दु राष्ट्रको लागि जनमत संग्रह गराउनुपर्ने बताउनु भयो ।
प्रेस युनियन मोरङले बिहीवार कोइराला निवास विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले ०७४ माघ ७ गते सम्म तीन तहको निर्वाचन नभए संविधान धरापमा पर्ने भएकाले निर्वाचन गराउन प्रमुख तीन दल र मधेसी मोर्चा सहमत हुनुपर्ने बताउनु भयो । उहाँले संविधानलाई सुरक्षित अवतरण गराउनका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउदै नेपाली कांगे्रसले यसका लागि मियो बनेर सहमतिको प्रयास गर्नुपर्ने बताउनु भयो ।
महामंत्री कोइरालाले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराएर भएपनि संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पुनसंरचना सहितको स्थानीय तहको निर्वाचन गराउन खोजिए गाँउ र नगरमा थप द्वन्द्व बढ्ने धारणा व्यक्त गर्नुभयो ।
महामंत्री कोइरालाले १६ बुँदे सहमति जस्तै आधार बनाएर प्रमुख राजनैतिक दलहरुले संविधानलाई सुरक्षित अवतरण गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]