National News

[National News][stack]

जब मन्त्रीले हातमा सूर्ति थुके (भिडियो)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं— संसदको गतिरोध अन्त्य गर्न सभामुख ओनसारी घर्ती कस्सिएपछि आइतबार सदनको बैठक आह्वान गरिएको थियो।

बैठक सुरु हुनासाथ एमाले सांसदहरु उभिएर विरोध जनाए। सिधै नेकपा मालेकी सांसद कमला विश्वकर्मालाई बोल्न दिइन् र सभामुखले भनिन्, ‘बसौं माननीय सदस्यहरु।’


उनले मुखमा च्यापेको खैनी जिब्रोको सहायताले ओठमा ल्याए। आफ्नै दाहिने हातमा थुके। र आफू बस्ने कुर्सीको दाहिनेतिर फ्याँके।

संसदलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले पाँच नम्बर प्रदेशबाट पहाड र तराईलाई अलग पार्ने प्रस्ताव राष्ट्रहित र सुरक्षामा नरहेको बताइन्।

‘सरकारले ल्याएको संशोधन प्रस्तावविरुद्ध पाँच नम्बर प्रदेशका जनता आन्दोलित छन्। केही जिल्लामा म आफैँ पुगेर आएकी छु। बुझेर आएकी छु। यो जनभावनाविरुद्ध रहेको छ’, उनले भनिन्।

करिब ४ मिनेट उनले बोलेपछि फेरि विपक्षी दलका सांसदहरु उठे। सभामुखले भनिन्, ‘बसौं माननीय सदस्यहरु।’

बारम्बार आग्रह गर्दा पनि विपक्षी सांसदहरुले उभिएर संसदमा विरोध कायम राखेपछि सभामुखले केही समय सम्झाइ बुझाइ गरिन्।

सभामुखको उपदेशलाई विपक्षीहरुले 'रोस्पोन्स' नगरिरहँदा एउटा गजब दृश्य देखियो।

मन्त्रीहरुको पंक्तिमा बसेका सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले मुखमा केही राखेको चिज चलाए जस्तो देखियो। त्यो सूर्ति थियो। उनले मुखमा च्यापेको खैनी जिब्रोको सहायताले ओठमा ल्याए। आफ्नै दाहिने हातमा थुके। र आफू बस्ने कुर्सीको दाहिनेतिर फ्याँके।

संसदको प्रत्यक्ष प्रसारण हेरिरहेकाहरु मन्त्रीज्यूको हर्कत देखेर छक्क परे।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]