National News

[National News][stack]

निस्कने बेला ‘मुड’मा थिए त ओली ? सबैलाई हँसाएर बाहिरिए

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं, १८ पुस । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक चलरिहेको थियो । मध्यान्ह १२ बजेतिर एमालेका अध्यक्ष केपी ओली मूल ढोकाबाट बाहिर आए । सुरुमा खासै बोल्ने मुडमा नदेखिएका ओली पत्रकारहरूलाई देख्नेवित्तिकै मुसुक्क हाँसे ।

पत्रकारहरूले थाहा पाइहाले आज अध्यक्ष ओली बोल्ने मुडमा छन् कि भनेर । नजिकै रहेका पत्रकार ऋषि धमलाले सोधिहाले ‘आजको सदन चल्न दिनु हुन्छ ? तपाईहरूको कुरा मिल्यो ?’ ओलीले जवाफ दिइहाले ‘हामले कहाँ रोका छौँ र ?’ उनले अगाडि भने, ‘हाम्रो दृष्टीकोण र अडान यथावत छ ।’

हल्का मुस्कानसहित देखिएका एमाले अध्यक्ष ओलीलाई पत्रकारहरूले फेरि सोध ‘आजको सदन चल्छ ?’ ओलीले भने, ‘सदन चलाउने हो भने प्रस्ताव फिर्ता लिनुस् ? सजिलो छ ।’

तपाईहरू सदनमा कसरी प्रस्तुत हुने के रणनीति बनाउनु भएको छ नि ? भन्ने जिज्ञासामा ओलीले भने, ‘हामी सोझो हिसावले हिँडेका छौँ । सोझो हिसावले प्रस्ताव फिर्ता लिनुस् । त्यसपछि त सदन चलिहाल्छ ।’

ठट्यौलीपारामा जवाफ दिएका एमाले अध्यक्ष ओलीको जवाफ सुनेपछि प्रधानमन्त्री कार्यालयको मूल ढोकामा जम्मा भएका पत्रकार, क्यामराम्यान र स्वयं ओलीका अंगरक्षकहरू पनि खित्का छाडेर हाँसे ।

एमाले अध्यक्ष ओली अन्य दिनको तुलनामा हँसिलो मुहार बनाएर बैठकबाट बाहिरिएका थिए । पछिल्ला बैठकहरूबाट बाहिरिने क्रममा खासै बोल्न नरुचाउने ओली आज भने खुलेरै पत्रकारहरूसँग रमाइलो गरे ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]