National News

[National News][stack]

लक्ष्मी परियार हत्याकाण्डः बलेन लक्ष्मीको घरमा चुलो, आमा भनेर चिच्याउँछन् दूधेबालक - See more at:

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...



काभ्रे, २८ मंसिर, स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो । कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमान्लाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन् ।

आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बि।क र कोपिला बि।क लगायतको टोली घटनास्थल पुगेको हो ।

गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।

घटनास्थलमा कसले के के भने ?
३० वर्षिया शान्ता परियार, प्रत्यक्षदर्शी
मेरो जहिले पनि ढाड दुख्ने समस्या थियो । औषधी उपचार गर्दा पनि नहुने । चौटोलमा ढाड दुखेको भन्दै विद्यालय भन्दा माथिपट्टि म र आमासँग हुनुहुन्थ्यो । हिरा सर र उनकी आमा काइली मायाँ लामा मोटरसाइकलमा तलतिर झर्दै थियो । हामी पहेली तामाङको घरमा गफ गरी रहेका थियौं । सरले तल जाने होइन लक्ष्मीले गाली गलौज गरेर अपशक्द बोल्नु भएको छ महिला समूहले मिलाउन जाने होइन भने । म माइती पटिको आमासँगैँ थिए घरबाट आएको ।

तर उनीहरुको केही होला म एउटा कामले आएको किन जानु भनेर गएन । केही समयपछि बच्चाको चिच्याएको आवाज मेरो काममा पर्‍यो । म त्यहाँ पुग्दा पोलमा डोरीले बाँधेर प्लाष्टिकमा दिसा दिएर हिराको आमाले खुवाने हिराले समात्ने छातीमा हिर्काउने गर्दै रहेछ । शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे । फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरको देखेर मैले सहनै सकेन ।

रिसले खप्न सकेन मैले भने महिला माथि किन यसरी हात हालेको भन्दा हिराले मलाई तिमीले देखेको छ के छ तिमीसँग प्रमाण भनेर कुटला झै गरे । मैले दोहोराएर फेरी भने तपाई जस्तो विद्यालयमा पढाउने शिक्षक अनि लेखापालजस्तो मान्छे भएर हातपात गर्ने र दिसा खुवाउने फेरी मैले भने तपाइको आमाले छातीको पिटेको भए हुन्थ्यो तर तपाइले डोरीले बाँधे र पिटने भन्दै मैले छुटाए ।

पछि उनले विद्यालय नजिक रहेको छेडुब लामाको घरमा रहेको चिरपट लिएर गएको र भाग्दा भाग्दै खुट्टामा तिन चार पटक हानेको देखे पछि लक्ष्मीले पनि ढुंगाले हिँर्काउदा के भयो मे मेरो लागे अरु मैले केही देखिएन अध्यारो थियो । उनका छोरा १० वर्षिय सुमनले आमाको टाउँकोमा ठूलो घाउँ, घाँटीमो निलडाम देखिएको भने पछि मात्रै थाहा पाए । मैले लक्ष्मीलाई के भएको भनेर चोटपटक लाग्यो वा लागेन भन्ने हेरिएन छुटयाएको मात्रै थियो ।

नितु गर्तौला, मानवअधिकार अधिकृत
राष्ट्रिय मानव अधिकार आयोग
सञ्चारमाध्यम र सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट थाहा पाएपछि राष्ट्रिय मानव अधिकार आयोग टोलीले गम्भिर प्रकृतिको घटना भएकाले आइतवार जिल्ला प्रहरी कार्यालय काभ्रे र सोमवार मृतक लक्ष्मी नेपाली परियारको घरमा स्थलगत पुगेर अनुगमन गरिएको छ । मृतक परिवार तथा विभिन्न व्यक्तिहरुसँग बुझेका छौँ । यस विषयमा मानवअधिकार आयोगले प्रतिवेदन तयार पारेको छैन । अहिले सबै कुरा भन्न सकिन्न । घटनामा हिरा र उनकी आमा काइली मायाँले पोलमा बाँधेर मलमुत्र खुवाएको र अनुहारमा देखिएको भन्ने स्थानीयबाट जानकारी आएको छ । यो लक्ष्मीको शब अस्पतालले परिक्षण पछि देखाउँला ।
भोजराज तिमिल्सना
मानवअधिकारकर्मी, काभ्रे
घटना अध्ययनका क्रममा छौँ । घटनाथल, पीडित, आरोपित सबैसँग कुराकानी गरिरहेका छौं । अझसम्म निष्कर्षमा पुगेका छैनौँ । मलमुत्र खुवाएको र स्थानीयहरूकै अगाडी पोलमा बाँधेर कुटेको भन्ने भनाई स्थानीय र प्रत्यक्षदर्शीको छ । लक्ष्मी परियारको मृत्युसँग जोडिएका घटनाक्रम धेरै छन् । घटनाका विषयमा सबै पक्षसँग कुराकानी नगरी यसो नै भएको भन्न मिल्दैन । जे होस् यो जगन्य अपराध हो । प्रहरीले घटनाको गहिरो अध्ययन गर्नुपर्छ ।
काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापा भन्छन्
अहिले चर्चामा आएको घटना मंगलबारको हो, त्यस विषयमा जानकारी आएपछि इलाका प्रहरी कार्यालय चौवासबाट असइ प्रेमपुकार चौधरीको नेतृत्वमा टोली घटनास्थल गएको थियो । झगडियाहरू मिल्ने भनेपछि प्रहरीले मिलापत्र गराएको हो, तर बोक्सीको आरोपमा मिलापत्र गरिएको होइन । (नयाँ पत्रिका दैनिकबाट)

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]