National News

[National News][stack]

अस्पतालमा छोरीको मृत्यु भएपछि भक्कानिए सरोज खनाल

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
अस्पतालमा छोरीको मृत्यु भएपछि भक्कानिए सरोज खनाल (सुटिङ रिपोर्ट)
काठमाडौं – डिल्लीबजार कालिकास्थान स्थित एक घर, जहाँ एक पुरुष जोडजोडले रोइरहेको छ । उसको रुवाइको अनुमान लगाउने हो भने त्यहाँ केही घटना घटेको छ ।
ति रुने पुरुषले कोही आफन्त गुमाएका छन् । घरभित्र छिर्दा देखियो, कलाकार सरोज खनाल बेड छेउमा बसेर रोइरहेका छन् । उनका नजिक केही नर्स र डाक्टर पनि छन् । ति सबै मौन छन् । तर कसैले पनि सरोजलाई सम्झाउँन आँट समेत गरेको देखिन्न ।
सरोजको रुआई झन् झन् बढ्दै थियो । छेवैमा हेर्नेको भिड छ । तर उनलाई सम्झाउँन कोही तम्सिदैन । उनको आँसु बरबर झरिरहेका छन् । उनी अझै भक्कानिन के लागेका थिए । कतैबाट आवाज आयो कट । सबैजना सामान्य अवस्थामा फर्किए ।
सरोजले पनि हाँस्दै आसु पुछे । उनले रुँदै गर्दा सेतो बस्त्रले छोपिएर रहेकी युवती पनि उठिन् । वरपर रहेका सबैका अनुहार मुस्कुराउन थाले । सबैको एउटै स्वर सुनियो टेक राम्रो भयो ।
प्रसंग हो, चलचित्र ‘ब्वाईफ्रेण्ड’को । सोमबार कालिकास्थान स्थित नेशनल मेडिकल कलेज भित्र यसको सुटिङ भइरहेको थियो ।
कलाकार सरोज खनाल, महिमा सिल्वाल, कृष्ण खनाल, पुष्कर रेग्मी, पुजा थापा, आयुष्मा खतिवडा, सुस्मा तामाङ चलचित्रको सर्ट दिइरहेका थिए । धनी बाउँकी पुल्लपुलाएर राखेकी छोरी उपचारको क्रममा अस्पतालमा मृत्यु हुन्छ । उनको मृत्यु पछि बुबाले ब्यक्त गर्ने बेदनाको दृश्य हो यो निर्देशक मदन घिमिरेले छायांकन भइरहेको चलचित्रका दृश्यबारे प्रस्ट्याए ।
चलचित्रमा धनी बाबुको भुमिकामा अभिनेता सरोज खनाल, बिग्रेकी छोरीको भुमिकामा अभिनेत्री महिमा सिल्वाल र उनको प्रेमीको भुमिका पुष्कर रेग्मी रहेका छन् । त्यस्तै अस्पतालको डाक्टरको भुमिका निर्माता समेत रहेका कृष्ण खनालले निभाएका छन्, भने आयुष्मा खतिवडा र सुस्मा तामाङ नर्सको भुमिका छन् । पुजा थापाले महिमाको साथीको भुमिका निर्बाह गरेकी रहिछन् ।
‘हरेक दुःख सहेर, सकेपनि नसके पनि हरेक इच्छा पुरा गरेर हुर्काएको छोरी उपचारको क्रममा अस्पतालमा मृत्यु हुदाँ एउटा बाबुले कस्तो पिडा देखाउँछ । त्यही दृश्यको अभिनय गरेको हो’ सरोजले आफ्नो भुमिका बारे प्रस्ट्याए, ‘रियल नै लागोस् भनेर सकेसम्म आसु खसाल्दै रोएको छु ।’
चलचित्रमा महिमाले बिग्रेकी छोरीको भुमिका निर्बाह गरेकी छन् । ‘बुबाको सपना लत्याएर बिभिन्न कुलतमा फस्ने केटीको भुमिकामा मैले अभिनय गरेकी छु’ महिमाले आफ्नो भुमिका बारे जानकारी गराइन्, ‘कुलतका कारण एक महिलाले कस्तो सम्म दुःख भोग्नुपर्छ भन्ने देखाउने मेरो अभिनय रहेको छ ।’
त्यस्तै प्रेमीकाले बालै नदिए पनि एकोहोरो प्रेम गरिरहने पे्रमीको भुमिका आफुले निर्बाह गरेको अभिनेता पुष्करले बताए । एकोहोरो प्रेममा डुब्ने तथा प्रेमको खुलासा गर्न नसक्ने केटाको भुमिकामा आफु रहेको पुष्करले सुनाए ।
युवा अबस्थामा के कस्ता गल्ति हुन्छन् । ति गल्तिले कस्तो परिणम ल्याउँछ । युवा अबस्थामा बनाईने ब्वाईफ्रेण्ड र गलफ्रेण्ड कस्ता हुन् भन्ने सन्देश चलचित्र मार्फत आफूले दिन चाहेको निर्माता खनालले बताए । अस्पतालमा आउने बिरामीको उपचार गर्ने डाक्टरको भुमिका समेत आफुले निर्बाह गरेको खनालले खुलाए ।
गत बिहिबार रक हाउस क्याफेबाट छायाँकन सुरु भएको चलचित्रको सैलेजा श्रेष्ठ कार्यकारी निर्माता र कुष्ण खनाल निर्माता हुन् । चलचित्रको निर्देशक मदन घिमिरे तीन बर्षपछि यसै चलचित्र मार्फत फर्किएका हुन् । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, पुजा थाप, कृष्ण खनाल, आयुस्मा खतिवडा, सुस्मा तामाङ लगायतको अभिनय रहने छ । चलचित्रको छायाँकन कृष्ण श्रेष्ठले गरिरहेका छन् ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]