National News

[National News][stack]

क्रुर प्रेमीः करौँतीले घाँटी रेटेर २६ वर्ष जेठी प्रेमीकाको हत्या !

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौँ, १८ मङ्सिर, घर बनाउने ज्यामी काम गर्ने रसुवाका रमेश तामाङले धेरैपटक करौँतीले काठ चिरे । घर बनाउन धेरैपटक खाल्डो खने । काठ चिर्ने तिनै हातले उनले प्रेमिकाको घाँटीमा करौँती चलाए । घरको जगका लागि खाल्डो खन्ने उनले प्रेमिकालाई गाड्न खाल्डो खने । बिहीबार प्रहरीले पक्राउ गरेपछि तामाङले क्रूर तरिकाले प्रेमिकाको हत्या गरेको घटना बाहिर आएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनको बयान सुनेर प्रहरी अधिकारी नै चकित भएका छन् । 
घर निर्माणले जोडेको साइनो १२ वैशाख ०७२ को भूकम्पमा परी प्रतिमाका श्रीमान् र सासूआमाको मृत्यु भएको थियो । बिहे गरेको करिब २० वर्ष भए पनि उनको बच्चा भएको थिएन । त्रिशूलीको पुरानो बजारमा उनी एक्लै बस्दै आएकी थिइन् । गत वैशाखमा उनले श्रीमान्को वार्षिकी पनि मनाएकी थिइन् । वार्षिकीमा बहिनीलगायत उनका माइती पक्षका आफन्त आएका थिए । त्यसयता उनको माइती पक्षसँग सम्पर्क भएको थिएन । रसुवा ठुलोगाउँ घर भएका १९ वर्षीय रमेश ज्यामी काम गर्दथे । विदुरमा प्रतिमाको घरकै छेउमा एक घर निर्माणमा उनी संलग्न थिए । त्यही वेला उनीहरूको चिनजान भएको थियो । प्रतिमा घरमा एक्लै थिइन् । उनले रमेशलाई घरमै बोलाउन थालिन् । बिस्तारै उनीहरू एक–अर्काप्रति नजिकिँदै गए । उनीहरूबीच सम्बन्ध रहन थाल्यो । दुवैले बिहे गर्ने कसमसमेत खाए । वैशाखको अन्तिम सातातिर प्रतिमाले घर बिक्री गरिन् । घर बिक्री गरेपछि उनी विदुरमै डेरा लिएर बस्न थालिन् । उक्त डेरामा रमेश पनि सँगै बस्न थाले । उनीहरूले बिहे गरेका थिएनन्, लिभिङ टुगेदरमा बस्न थालेका थिए । सम्बन्ध पुरानो हुँदै जाँदा उनीहरूबीच झगडा पनि बढ्दै गयो । ‘अरू केटीहरूसँग बोलेको देख्यो कि मसँग झगडा हुन्थ्यो,’ पक्राउ परेपछि रमेशले भने, ‘पछि, बिहे गर्न दबाब दिँदै गइन् । धेरै विषयमा झगडा हुन थालेको थियो, त्यो दिन पनि झगडाकै क्रममा मारिदिएको हुँ’ आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
२६ वर्ष जेठी प्रेमिका १९ वर्षीय रमेश अविवाहित थिए । तर, ४५ वर्षीया प्रतिमाको रमेश जन्मनुभन्दा पहिले अर्थात् २० वर्षअघि नै बिहे भइसकेको थियो । उनीहरूबीच २६ वर्ष उमेर ‘ग्याप’ थियो । बारम्बार झगडा हुनुमा उमेरको ग्याप पनि एउटा कारण हुन सक्ने अनुसन्धानमा आबद्ध इन्स्पेक्टर दीपेन्द्र बस्नेत बताउँछन् । प्रतिमाले विवाह गर्न पनि दबाब दिँदै आएकी थिइन् । तर, रमेश आफूभन्दा जेठी भएकीले उनीसँग बिहे गर्न तयार थिएनन् । तर, प्रतिमासँग पैसा भएकाले उनलाई छाड्न पनि सकेका थिएनन् । एकान्त जंगलमा लगेर हत्या गर्दा कसैले थाहा नपाउने र पैसा पनि आफ्नो हुने ठानेर उनले त्यसरी हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]