National News

[National News][stack]

“संसारकै सबै भन्दा तेज स्मरण शक्ति भएका नेपाली युवा अर्पण शर्मा”

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
बौद्धिक विधामा गिनिज बुकमा नाम लेखाई नेपाललाई विश्वमा चिनाउने नेपालका शान “अर्पण शर्मा” को लोकतन्त्र पोस्टको म्यागजिनमा फिचर स्टोरी – “संसारकै तेजस्वी” ।
“संसारकै सबै भन्दा तेज स्मरण शक्ति भएका नेपाली युवा”का रुपमा परिचित अर्पण शर्मा “राष्ट्रिय युवा पुरस्कार – २०७२” बाट पनि सम्मानित भैसकेका छन् ।
Like, Comment र Share गरेर सम्मान व्यक्त गरौँ ।
.
अर्पण शर्माको फेसबुक लिंक – https://www.facebook.com/iamarpansharma
.
संसार कै तेजस्वी: २७ सेप्टेम्बर २०१५ को दिन लन्डनको ‘गिनिज वल्र्ड रेकर्डस्’’ले एउटा प्रमाणपत्र जारी गर्दै बतायो–‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन् ।’ यो खबर २७ वर्षीय अर्पणका लागि मात्र नभएर सम्पूर्ण नेपालीकै लागि गर्वलायक थियो । किनकि, वौद्धिक क्षमताका आधारमा एउटा नेपाली युवाले ७.५ अर्ब पृथ्वीवासी माझ सर्वाधिक तेजस्वी प्रमाणित हुनु मामुली कीर्तिमान होइन ।tmp_21096-received_m_mid_1480751073014_7a177e6157_0455265169
विश्व कीर्तिमानी अर्पण भद्रपुर–८ निवासी मोहन प्रसाद कट्टेल र खिना शर्मा कट्टेलका सन्तान हुन् । उनले ‘Longest Sequence of objects Memorized In One Minute’ विधामा एक मिनटमा ४२ वटा वस्तुलाई क्रमै संग स्मरण गरेर विश्व कीर्तिमान हासिल गरेका हुन् । त्यस अघि ४० वटा वस्तु स्मरण गरेका भारतका जयसिंह रविरालाको नाममा त्यो रेकर्ड थियो । तर यतिबेला अर्पणले एक मिनटमा ६० वटा वस्तु सजिलै स्मरण गर्न सक्ने क्षमता विकास गरिसकेका छन् ।
गायनमा रुचि राख्ने उनी साकाहारी हुन् । चिया र सुपारी समेत नखाने उनी ध्यान र अभ्यासले हरेक व्यक्तिले आफ्नो मेमोरी पावर बढाउन सक्ने बताउँछन् । मेची बहुमुखी क्याम्पसमा कमर्समा स्नातकोत्तर अध्ययन गरिरहेका उनको भविष्यमा व्यावसायिक रुपमै मेमोरी सेमिनार गराउने योजना छ । नेपाल सरकारको ‘राष्ट्रिय युवा पुरस्कार–२०७२’ बाट सम्मानित अर्पणको यो सफलता हरेक युवाका लागि प्रेरणाको मुहान भएको छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]