National News

[National News][stack]

'आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरु.

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...



काठमाडौँ, १५ मङ्सिर, पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधेयक भारतीय विस्तारवादको इशारामा दर्ता भएको बताएका छन् । संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले तराइलाई पहाडबाट अलग गर्ने र अन्ततः सिक्किमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्थापित गरेर भारतले भनेको एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको बताए ।

बहुराष्ट्रवादको नाममा देशलाई टुक्राएर सिक्किमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको भन्दै उनले सङ्घीयता नै देशको लागि क्यान्सर भएको आरोप लगाए । मधेशी दलहरु नेपाललाई सिक्किमिकरण गर्न भारतको खेताला मात्रै भएको बताउँदै केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारित हुन नदिन सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक जुट हुनु पर्ने बताए ।

नेकपा एमालेले पनि महाकाली सन्धिमा गरेको जस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय जनमोर्चाले पनि सङ्घीयताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिए । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारित हुन दिन नहुने भन्दै उनले आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]