National News

[National News][stack]

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको जन्म पाकिस्तानमा, पालनपोषण मुस्लिम परिवारमा

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प पाकिस्तानमा जन्मिएको र उनको पालनपोषण मुस्लिम परिवारमा भएको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बिजार थेउरी अर्थात् विचित्र सिद्धान्तको हवाला दिदै सामाजिक सञ्जालका हजारौं प्रयोग कर्ताहरुले अमेरिकी राष्ट्रपति ट्रम्प पाकिस्तानको वाजिरिस्तान भन्ने ठाउँमा सन १९४६ मा जन्मिएको र उनको नाम दाउद इब्राहिम खान राखिएको दाबी गरेका छन् ।

ती मानिसहरुका अनुसार, सन् १९५० मा एउटा खैरो अनुहार भएको सानो बच्चाको तस्विर खिचिएको थियो । उक्त तस्विर डोनाल्ड ट्रम्पसँग मेल खान्छ र त्यसले पनि डोनाल्ड ट्रम्प पाकिस्तानमा जन्मिएको तथ्यको पुष्टि गर्छ ।

ट्रम्प अर्थात् खामको आमाबुवाको सन् १९५४ मा एक कार दुर्घटनामा देहान्त भएको र उनले बाल्यकालको शिक्षा मदर्शामा हाँसिल गरेको पनि समाचारमा जनाईएको छ ।

खामको आमाबावुको मृत्यु पश्चात उनको पालनपोषण एक अवकाश प्राप्त भारतीय मुलका ब्रिटीस आर्मीका क्याप्टेनले लन्डनमा गरेका थिए, जहाँ खानलाई एक ट्रम्प परिवारले सन् १९५५ मा धर्मपुत्र बनाएका थिए ।

पाकिस्तानी नीयो न्यूज च्यानलले सामाजिक सञ्जालमा डोनल्ड ट्रम्प अमेरिकामा नभई पाकिस्तानमा जम्एिको भन्दै कैयौं पटक समाचार संप्रेशण गरेको थियो । उसले विश्वास गर्नुस् वा नगर्नुस् तर डोनाल्ड ट्रम्प अमेरिकामा नभई पाकिस्तानमा जन्मिएका नागरिक हुन् भन्दै समाचार संप्रेशन गरेको थियो ।

समाचारमा सत्यता भएको खण्डमा ७० वर्षीय ट्रम्पले राष्ट्रपति पदबाट हात धुनुपर्ने हुन्छ किनकि अमेरिकी कानून अनुसार राष्ट्रपति हुनका लागि त्यही जन्मिएको नागरिक हुनुपर्छ ।

मानिसहरुले ट्रम्पलाई आफ्नो जन्म दर्ता प्रमाणपत्र देखाउन र डिएनए परिक्षण गराउन समेत दबाब दिन थालेका छन् ।

राष्ट्रपति बाराक ओबामाको जन्म अमेरिकामा नभएको आरोप लगाउँदै डोनाल्ड ट्रम्पले ओबाले आफ्नो जन्म दर्ता प्रमाणपत्र देखाउनु पर्ने भन्दै बारम्बार माग गर्दै आएका थिए । ओेबामाका बाबु केन्याका नागरिक हुन् र ओबामाको जन्म अमेरिकामै भएको यस अघि नै प्रमाणित भैसकेको छ ।

उत्तरी वजरिस्तानलाई आतंकबादी समूहहरु अलकायदा र तालिवानको मुख्य इलाका मानिन्छ ।


ट्रम्पको जन्म पाकिस्तानमा भएको समाचार प्रकाशित भएसँगै विश्वका चर्चित समाचार प्रदायक संस्थाहरुले प्राथमिकताका साथ समाचारलाई संप्रेशन गरेका छन् । डेलीमेल, मीरर, जीन्यूज लगायतका च्यानलहरुले प्रमुखताका साथ डोनल्ड ट्रम्पको जन्म पाकिस्तानमा भएको र उनको बाल्यकाल एक मुस्लिम परिवारमा भएको समाचार प्रकाशित गरेका छन् ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]