ग्यास पड्किँदा भोजपुर बजारमा भीषण आगलागी, १५ बढी पसल र स्थानीय बासिन्दाको घर जलेर नष्ट


Loading...
आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा आगो निभाउने प्रयास जारी छ । यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासी आफैले आगो निभाइरहेका छन् । तर आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगलागी फैलिँदै गएको छ ।
घना बजार भएका कारण आगो निभाउन कठिन भइरहेको छ । आगो निभाउन नसकेपछि डोजरले घर तथा पसल भत्काउने काम भइरहेको छ । बजारको विद्युतीय सेवा अहिले बन्द गरिएको छ । खानेपानीको पाइपलाइन काटेर आगो निभाउने काम भइरहेको बताइएको छ ।
X
Related posts
No comments: