National News

[National News][stack]

‘धुर्मुस–सुन्तली’ नमुनाबस्तीको यस्तो छ विशेषता, के भन्छन् धुर्मुस ? (भिडियोसहित)

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
सिन्धुपाल्चोक, कात्तिक १२ । धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा बनाएको एकीकृत नमुनाबस्ती शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले भूकम्पप्रतिरोधी ६५ ओटा निजी घर, एउटा सामुदायिक भवन र पाँचओटा बालउद्यानसहितको बस्ती स्थानीय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी हुन् ।
सिन्धुपाल्चोकको बाँसबारीस्थित गिरानचौरमा पुग्दा स्थानीय चतुरे तामाङ भर्खरै आफूले पाएको घरको अगाडि लिपपोत गरेर चिटिक्क पार्दै थिए ।
घरअगाडिको बरन्डाको दुबैछेउमा फूलको विरुवामा पानी हालेर छेउमा रातोमाटोले लिप्न व्यस्त थिए । उनीजस्तै यहाँका सबै स्थानीय आफ्नो नयाँघरलाई सजाउन व्यस्त थिए । सबै स्थानीयको मुहारमा खुसी देखिन्थ्यो ।
३५ रोपनी जग्गामा एकै आकार, रङ र स्वरुपमा निर्माण गरिएका घरहरुसम्म पुग्ने फराकिलो बाटो छ भने घरका छानामाथि सोलार प्यानल जोडिएको छ ।
अपांगमैत्री यी प्रत्येक घरको अगाडि र पछाडि फलफूलको विरुवा रोपिएका छन् । भूकम्पले ध्वस्त भएको बस्तीमा यति सुन्दर घरहरु देख्दा पीडितहरु त मख्खै छन् नै यहाँ पुग्ने जोकोही पनि एकछिन अच्चम मान्छन् र भन्छन्–‘गरे नहुने केही रहेनछ ।’
धुर्मुुस–सुन्तलीले अनुकरणीय काम गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबाट सरकारलाई चुनौती थपिएको बताइन् ।
नमुनाबस्ती पाँच करोड १४ लाख ४९ हजार १ सय ८७ को लागतमा निर्माण भएको कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ बताउँछन् ।
गिरानचौर बस्ती निर्माणका लागि स्वदेश तथा विदेशबाट ६ करोड १७ लाख रकम संकलन भएको थियो ।
धुर्मुस सुन्तली फाउन्डेसनमार्फत् निर्माण भएको एकीकृत नमुनाबस्तीमा निमाण भएका प्रत्येक घरमा चार कोठा रहेका छन् भने शौचालय र धारा पनि भित्रै छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]