ट्राफिक प्रहरीका जवानले नै मापसे गरी मोटरसाइकल हाँक्दा एक जनाको ज्यान गयो (पुरा पढ्नुहोस)


Loading...
जिल्ला ट्राफिक कार्यालय कास्कीमा कार्यरत जवान पूर्णबहादुर दरैले मापसे गरी मोटरसाइकल चलाउँदा ठक्करबाट लेखनाथ २ का ३४ वर्षीय ज्ञान पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दरै र लेखनाथ ३ का ३६ वर्षीय लील पुनको उपचार भइरहेको छ ।
मनिपाल शिक्षण अस्पतालमा उपचाररत दरैको अवस्था गम्भिर रहेको प्रहरी नायव उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिएका छन् । उनका अनुसार घाइते पुनको खुट्टा भाँचिएको र क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
जवान दरैसहितको समुहले शनिवार राति पोखराको एक दोहोरी साँझमा मापसे गरेको प्रहरी स्रोतले जनाएको छ । पछि घर फर्किने क्रममा मध्यरातमा लेखनाथ ३ आयुर्बेद चोकमा रोकिएका दुई मोटरसाइकललाई दरैले ठक्कर दिएका थिए ।
ज्ञानको उपचारका क्रममा मृत्यु भएको थियो । दरैले चलाएको लु१९प ४९४१ नम्बरको मोटरसाइकलले सडकमा रोकिएको ग११प ७३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
X
Related posts
No comments: