नेपाल सरकारले जोयालाई फिलिपिन्स धपाएसँगै जोयाका दुई छोराहरु फिलिपिनी हजुरबाबुसँग झ्याम्मिदैं


Loading...
जोया र जीवनबाट जन्मिएका ४ वर्षीय र ११ महिने दुई छोराहरुसहित जोयालाई नेपाल सरकारले गैरकानुनी रुपमा नेपालमा बसोबास गरेको भन्दै फिलिपिन्स फिर्ता गरेको थियो ।
वैदेशिक रोजगारका लागि दुबई गएका जोया जीवनको उतै तनमन मिलेपछि विवाह भएको थियो ।
वैवाहिक जीवनलाई निरन्तरता दिन जीवन थापाले जोयालाई चितवनस्थित आफ्नो घरमा राख्दै आएका थिए ।
समयका अन्तरालसँगै दुई जोइपोइबीच खटपट परेपछि जोया समस्यामा परेकी थिइन् । जीवनसँग भएको विवाहको एथेस्ट प्रमाण नभएका कारण नेपाल सरकारले भिजा अवधि भन्दा बढी बसेको भन्दै जोया र उसका दुई छोरालाई फिलिपिन्स फिर्ता पठाएको थियो ।
फिलिपिन्स गएसँगै जोयाका दुई छोराहरु छोटो समयमै जोयाका बाबुसँग झ्याम्मिएका छन् ।
आफ्ना फिलिपिनी अर्थात मावाली पट्टीका हजुरबावुसँग खेल्न पाउँदा दुई नातीहरु हर्षले विभोर भएको तस्वीर अहिले सामाजिक संजालमा भाइरला भएको छ ।
X
Related posts
No comments: