कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु, प्रहरीसहित थुप्रै घाइते
Loading...
घटनामा नेपाल प्रहरीका जवानसहित थुप्रै नेपाली घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
पुनर्वासको आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै भारतीय एसएसबीले हस्तक्षेप गरेपछि स्थानीय नेपाली प्रतिकार उत्रिदा भारतीय पक्षबाट गोली चलेको हो ।
अहिले घटनास्थलमा कैलालीबाट समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । महेन्द्रनगरको दंगा प्रहरीलाई पनि खटाइएको छ ।
नेपाली सुरक्षाकर्मीको संख्या बढेसँगै भारतीयहरु अलि पर भागेको पत्रकार बागले घटनास्थलबाट जानकारी दिए । टेलिफोनमा उनले भने- ‘हाम्रो सशस्त्र प्रहरीसँग हतियार छैन् । लाठीको भरमा यहाँ खटिएका रहेछन् । पारी भारतले सीमा जंगलमा पुरै एसएसबी परिचालन गरिरहेका छन् । स्थिती तनावग्रस्त छ ।’
X
Related posts
No comments: