National News

[National News][stack]

ओलीको प्रश्न- मैथेली मिटाएर हिन्दीलाई राष्ट्रभाषा बनाउन खोज्ने अनि मधेसको कुरा गर्ने ?

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको कुरा गर्ने दल नै मधेसको इतिहास मेटाउने षडयन्त्रमा लागेको बताउनुभएको छ ।
संविधान संशोधनको विरोधमा ९ विपक्षी दलले राजधानीमा आयोजना गरेको विरोसभालाई सम्बोधन गर्दै ओलीले संशोधन विधेयकमा मधेसका इतिहास बोकेका भाषालाई मिटाएर हिन्दी भाषा स्थापित गर्न खोजिएको खुलासा गर्नुभयो ।

‘मधेसको कुरा गर्ने । इतिहास बोकेको मैथेली भाषा मिटाउने,’ उहाँले भन्नुभयो– ‘राष्ट्रियतालाई आघात पुगाउने कुरा हामी हुन दिन्नौं ।’

ओलीले अगाडि भन्नुभयो- ‘सविधानको धारा ६, ७ र ११ ८६ र २८७ र अनुसुची चार संशोधन गर्ने भनेको छ । जसमा भाषाको कुरा छ । मैथली, भोजपुरी, अवधीलाई समाप्त पारेर हिन्दी भाषालाई ल्याउने षड्यन्त्र भएको छ । हिन्दी भाषा आयो भने सबभन्दा पहिले मैथली र भोजपुरीलाई प्रभाव पर्छ ।’

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]