National News

[National News][stack]

​बाबुरामलाई दीपकराज गिरीको जवाफ – टोपी लगाएको हो, श्रीपेच हैन

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
​बाबुरामलाई दीपकराज गिरीको जवाफ – टोपी लगाएको हो, श्रीपेच हैन
काठमाडौं, पुस १८ – अंग्रेजी नयाँ वर्षको दिन आइतबार अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए । फोटै खिच्नका लागि भएपनि एकैछिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरु पनि थुप्रै थिए ।
यसरी टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड भएपछि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्वीटरमार्फत अब बख्खु, धोती दिवस पनि मनाउनु पर्छ भन्दै व्यङ्ग्य गर्दै गरेका थिए ।भट्टराईलाई कलाकार दीपकराज गिरीले फेसबुकमार्फत जवाफ फर्काएका छन् । कलाकार गिरीले फेसबुकमा लेखेका छन् ‘बिहानै टोपी लगाएको फोटो हालेको बाबुरामजीले देखि सहेनन् ।’ टोपी दिवस मनाउँदा धोतीलाई समस्या किन भन्दै गिरीले भट्टराईलाई प्रश्न गरेका छन् ।
त्यस्तै कलाकार गिरीले बाबुरामलाई टोपी लगाएको हो श्रीपेच होइन । त्यसकारण नआत्तिन भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखका छन् ‘हामीले टोपी लगाउँदा पनि श्रीपेचनै लगाएको जस्तो नगर्नुस् न है ।’

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]