National News

[National News][stack]

राष्ट्रपति कार्यालयको गाडी नै प्रयोग गरिएर बानेश्वरमा गाडी जलाइएको खुलासा

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं । शुक्रबार बानेश्वरस्थित अल्फाबिटा भवन अगाडि भएको आगजनिमा राष्ट्रपति कार्यालयको गाडी प्रयोग भएको खुलासा भएको छ । एमाले युवा संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा उक्त गाडीमा आगजनि गरिएको थियो ।
फोटो : नेपालआज
राष्ट्रपति विद्यादेवि भण्डारीको सहयोगी रहेकी सुमित्रा थापाले राष्ट्रपति कार्यालयको बा१ख ९१४ नम्बरको गाडी लिएर युवासंघको कार्यालयसम्म आएकी थिइन् भने गाडीमा आगजनिपश्चात आगजनिमा संलग्नहरुलाई सोही गाडीमा घरघरमा छोडिएको खुल्न आएको छ ।
आगजनि लगत्तै खिचिएको तस्विरमा थापासहित राष्ट्रपति कार्यालयको गाडी युवासंघको कार्यालय अगाडी देख्न सकिन्छ । लोसार विदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनि गर्ने एमाले कार्याकर्ता भने सरकारी गाडीमा नै आएका पुष्टी भएको छ ।
अल्फाबिटा भवन अगाडि रहेको एमाले युवा संघको केन्द्रीय कार्यालयमा बैठक बसेर आगजनि गर्ने निर्णय भएको बुझिएको छ । घटनामा संलग्न राष्ट्रपतिकी सहयोगी सुमित्रा थापा, सरकारका प्राविधिक रमजी सापकोटा, कृषि अनुसन्धान केन्द्र खुमलटारकी कर्मचारी सरस्वति खड्का र गुप्तचर अनुसन्धान व्युरोका कर्मचारी अशोक रावल रहेको देखिएको छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]