National News

[National News][stack]

पूर्वराजालाई जेल हाल्न मन्त्रीपरिषदमा गृहमन्त्रीको प्रस्ताव

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तर्साउन मन्त्रीपरिषदले दरवार हत्याकाण्डको छानविन गर्ने बिषयमा छलफल गरेको छ । दरवार हत्याकाण्डको मुख्य दोषि पूर्वराजा ज्ञानेन्द्र नै भएको ठोकुवा गर्दै गृहमन्त्री विमलेन्द्र निधिले दरवार हत्याकाण्डको छानविन गर्नु पर्ने प्रस्ताव मन्त्रीपरिषदमा गरेका हुन् । विहीवार बसेको मन्त्रीपरिषदको नियमति बैठकमा गृहमन्त्री निधिले पूर्वराजालाई छुट दिन नहुँने भन्दै यस्तो प्रस्ताव राखेको एक मन्त्रीले बताए ।
‘ज्ञानेन्द्र नै दरवार हत्याकाण्डका मुख्य दोषि हुन्, एउटा छानविन आयोग बनाएर उनलाई कारवाही गर्नु पर्दछ’ बैठकमा निधिले भने ‘उनले फेरी अराजकता निम्त्याउँदैछन् त्यसलाई रोक्न पनि उनलाई जेल हाल्नु पर्दछ ।’
बुधबार मात्र पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक बिज्ञप्ती निकालेका थिए । बर्तमान सरकार र राजनीतिक दलका गतिविधिका कारण राष्ट्रियता संकटमा परेको उनले बिज्ञप्तीमा उल्लेख गरेका थिए । ‘क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ’ पूर्वराजाले आफ्नो बिज्ञप्तीमा भनेका थिए ।
पूर्वराजाको बिज्ञप्ती पछि बसेको मन्त्रीपरिषदको बैठकमा गृहमन्त्रीले जेल हाल्ने प्रस्ताव गरेका हुन् । बैठकको सुरुमै उनले पूर्वराजाले राजनीति गरेको र दरवार हत्याकाण्डको छानविन गरी जेल हाल्नु पर्ने बताएका थिए ।
गृहमन्त्रीको प्रस्तावलाई उर्जामन्त्री जनार्दन शर्माले अस्वीकार गरेका छन् । ‘पूर्वराजाको गतिविधी र विज्ञप्ती गलत छ, तर अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, प्रतिसोध साध्ने बेला होइन’ मन्त्रीले भने । शर्माको भनाईलाई भौतिक योजनामन्त्री रमेश लेखकले पनि साथ दिएका थिए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुले दिएको संघियता बिरोधी अभिब्यक्ति, सडकको आन्दोलन र पूर्वराजाको बिज्ञप्तीलाई समान्यरुपमा लिन नहुँने बताएका थिए । ‘यी सवै गतिविधि सरकार बिरुद्ध नै केन्द्रीत छन् यसमा हामी सचेत रहनु पर्दछ’ प्रधानमन्त्री दाहालले भने ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]