National News

[National News][stack]

खुकुरी हानेर युवा संघ बाँकेका अध्यक्ष बुढाथोकीको हत्या प्रयास, ५ जना प्रक्राउ

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
कोहलपुर १५ पुष –  युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी माथि गएराती संघातिक हमला भएको छ ।
कोहलपुरस्थित वेलकम रेष्टुरेन्टबाट निस्कने क्रममा लक्ष्मण मल्लको समुहले युवा संघ बाँकेका इन्चार्ज समेत रहेका बुढाथोकीको घाँटीमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । राती ९ बजेतिर दर्शन भन्दै ढोगढोग गर्ने क्रम पछाडिबाट गर्जनमा मल्लले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको गर्जन र खुट्टामा चोट लागेको छ ।

घाइते बुढाथोकीलाई राति नै उपचारको लागि लखनउ लगिएको छ । आक्रमणमा संलग्न मल्लसहित ५ जनालाई प्रक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए । उनले घटनाको बारेमा थप अनुशन्धान भइरहेको बताए ।
यसैबीच युवासंघ नेपालले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ । अन्नपूर्ण पोस्ट बाट

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]