National News

[National News][stack]

यसमा हजुरहरु सबैको सहयोगको खाचो छ

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
भइरहेको विद्युत् चोरी र चुहावटलाई हामी सबैले नियन्त्रण गर्नुपर्छ । कुनै एक व्यक्ति मात्रको पहलबाट विद्युत् चोरी तथा चुहावट रोक्न नसकिने हुँदा यसमा सबै जनताहरुको साथ चाहिन्छ । जनता स्वयम्को सक्रियताविना पुलिस लगाएर मात्रै विद्युत् चोरी नियन्त्रण हुनसक्दैन । हामीले अब यस्तो लक्ष्य राख्नुपर्छ कि अबको एक वर्षभित्रमा पाँच प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्नुपर्छ र यो गर्न सकिन्छ पनि । यो भनेको एकवर्षमा दुईदेखि तीन अर्ब रुपैयाँको बचत गर्नु हो । चुहावट नियन्त्रणमा हामी अभियान नै बनाएर लाग्नेछौं ।

यसमा कुनै व्यक्तिविशेष वा अन्य कसैले पनि बाधा व्यवधान सिर्जना गर्नुहुँदैन । हामीलाई विश्वास छ । यस कुरामा सबै जनताहरुको साथ हुनेछ । र, यसमा कसैले बाधा पु¥याउनु हुँदैन । यसमा हामी विश्वस्त छौं । सम्बन्धित निकायले सूचना लुकाउने, आर्थिक लगायत प्राधिकरणका सम्पूर्ण कामकारबाहीहरु पारदर्शी हुनुपर्छ । हाम्रो योजना तथा अभियानमा प्रधानमन्त्री प्रचण्ड तथा समग्र सरकारकै साथ, समर्थन र सहयोग रहेको छ ।

लोडसेडिङ्ग अन्त्य गर्ने अभियानलाई आजका दिनमा मात्रै होइन, दीर्घकालीन रुपमा सोचिनुपर्छ । नेपालबाट यसको अन्त्य गर्न अब धेरै कुर्नुपर्दैन । मैले यो क्याल्कुलेसन गरेरै भनेको हुँ, हचुवाका भरमा होइन । यो हिँउदको क्राइसेसपछि विद्युत् आयात होइन, निर्यातको अवस्थामा हामी पुग्नेछौं ।
विद्युत् प्राधिकरणको नाफाका लागि सेल्स म्याक्सिमम लस घटाउनुपरयो । खर्च घटाउनुपरयो । हाम्रा केही साथीहरुले विद्युत् प्रतियुनिट रु. पाँचमा किनेको र यसमा बोर्डको समेत स्वीकृत रहेको कुरा विभिन्न मिडियाहरुमा गर्नुभयो । तर, हामीले ढल्केबर र टनकपुरबाट ३.६० भा.रु.मा विद्युत् आयात गरेका थियौं ।

हामी नेपाली संसारमै जलस्रोतको दोस्रो धनी देश भएर पनि अझै जलविद्युत्मा आत्मनिर्भर बन्न नसकिरहेको अवस्था छ । हामीले विद्युत्मा आत्मनिर्भर बन्न नयाँ प्रोजेक्टहरुलाई छिटोभन्दा छिटो ल्याउनुपर्छ । बन्दै गरेका चमेलिया, कुलेखानी, तामाकोशी, त्रिशूली(थ्रि–ए), रसुवागढी, दूधकोशी, तमोर नदी, उत्तरगंगामा भइरहेका कामहरुलाई अगाडि बढाई हामी आत्मनिर्भर बन्नुपर्छ ।

यदि यी आयोजनाहरुलाई छिटो ल्याइएन भने नेपाल विद्युत् प्राधिकरणबाट खोसिने खतरा बढ्नसक्छ । यस कुरामा हामी सबै सचेत बन्नुपर्छ । अपरअरुण नेपालकै टप ७०० मेगावाट क्षमताको आयोजना भएकाले पनि यसलाई छिट्टै अगाडि बढाउनुपर्छ । यसो हुँदा विद्युत् क्षेत्रमा समग्र देशको कायापलट हुनेछ ।

अबको केही समयमा विद्युत कम होइन, बढी खर्च गर्नुहोस् भन्ने दिन आउनेछन् । ग्यासलाई रिप्लेस गरौं, इन्डक्सन चुलो बालौं भन्ने अवस्था आउँछ । यसका लागि हामीसँग प्रशस्त जलस्रोत छ ।
विद्युत् प्राधिकरणका कर्मचारीहरुले राम्रो काम गर्दा सरुवा गर्छ भनेर डराउनुपर्दैन । सरुवा नगर्दा नराम्रो भएको पनि भन्नुहँदैन । कर्मचारीहरुको सरुवा गर्दा पूर्वाग्रहले होइन, वैज्ञानिक ढङ्गले हुन्छ । सरुवाको विषयमा तर्सिनुपर्दैन । तर, काम नगर्ने मान्छेलाई काम गर्नुपर्ने ठाउँमा राखिँदैन । काम गर्ने मान्छेले काम गर्न पाउनुपर्छ । किनकि, मेरो आउटपुट नै तपाईंहरु हो र सरकारको आउटपुट म भएको हुँदा हामीले आफ्ना जिम्मेवारीहरु अनुशासित र मर्यादित भएर पूरा गर्दै नेपाल विद्युत् प्राधिकरणलाई समृद्ध र सुदृढ संस्थाका रुपमा विकास गर्दै जानुपर्छ ।

लोडसेडिङ्ग अन्त्य गर्ने अभियानलाई आजका दिनमा मात्रै होइन, दीर्घकालीन रुपमा सोचिनुपर्छ । नेपालबाट यसको अन्त्य गर्न अब धेरै कुर्नुपर्दैन । मैले यो क्याल्कुलेसन गरेरै भनेको हुँ, हचुवाका भरमा होइन । यो हिँउदको क्राइसिसपछि विद्युत् आयात होइन, निर्यातको अवस्थामा हामी पुग्नेछौं । अबको केही समयमा विद्युत कम होइन, बढी खर्च गर्नुहोस् भन्ने दिन आउनेछन् । ग्यासलाई रिप्लेस गरौं, इन्डक्सन चुलो बालौं भन्ने अवस्था आउँछ । यसका लागि हामीसँग प्रशस्त जलस्रोत छ । तर, हामीले यसको संरचना तयार गर्नुपर्छ । उत्पादन मात्रै होइन, डिमाण्ड बढाउने, वितरण र प्रसारण प्रणालीलाई बढाउने, विद्युत्को टुवे थ्रोलाई अप्टिमम म्यानेजका विषयमा पनि छलफल भएको छ ।

विद्युत् प्राधिकरण एउटा यस्तो संस्था हो– जुन आम नेपाली जनताहरुको केन्द्रविन्दु हो । र, यसको समग्र विकास र समृद्धिका लागि सबै दश हजार कर्मचारी एक भएर लाग्नुपर्छ र यसलाई बोनस खानसक्ने अवस्थाको प्राधिकरण बनाउनुपर्छ । यसमा २५ प्रतिशतसम्म जनताको सेयर दिँदै पब्लिक लिमिटेडमा जानुपर्छ ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]