National News

[National News][stack]

प्रचण्ड र माओवादी केन्द्रमा शक्तिशाली भुइचालो, टोपबहादुर , नारायणकाजी लगायतका प्रभावशाली नेताद्वारा पार्टी परित्यागको तयारी

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
काठमाण्डौं १ पुष । नेपालमा एउटा मात्रै कम्युनिष्ट केन्द्र बनाउने चर्चा गर्दै आएका माओवादी अध्यक्ष प्रचण्डले माओवादीलाई समेत एकै ठाउँमा राख्न नसक्ने अवस्था सिर्जना भएको छ । शान्ती प्रक्रियामा आएपछि चिरा–चिरा परेको माओवादी चोइटिने क्रम जारी छ ।
लामो प्रयासपछि वैद्य माओवादीमा रहेका रामबहादुर थापा‘बादल’ समुहलाई माओवादी केन्द्रमा फर्काएका प्रचण्डलाई अर्को झट्का लाग्ने भएको छ,सुदुरपश्चिमबाट ।
 सुदुरपश्चिमका निकै पुराना नेता तथा माओवादी पोलिटव्युरो सदस्य भीम कडायतले माओवादी पार्टी परित्याग गर्ने निष्कर्ष निकालीसकेका छन् । उनी नयाँ शक्तिमा प्रवेश गर्ने तयारीमा छन् । प्रचण्डले आफ्नो उचित मुल्याङ्कन नगरेको उनको निष्कर्ष छ । पुर्व मन्त्री समेत रहेका कडायत २०६३ सालमा माओवादीमा प्रवेश गरेका थिए । एमालेका पुर्व केन्द्रिय नेता समेत रहेका उनी एमालेको सुदुरपश्चिम संयोजक समेत रहेका थिए । कडायत सुदुरपश्चिममा एमालेकै सबैभन्दा पुराना नेता समेत हुन् । उनी पार्टीबाट असन्तुष्ट रहदै आएपनि प्रचण्डले सामान्य छलफल समेत गर्न नमानेपछि उनले पार्टी परित्यागको मनस्थिती बनाएका हुन् । उनको पार्टी परित्यागले त्यसै पनि माओवादी पकड निकै कमजोर रहेको क्षेत्र सुदुरपश्चिममा अर्को ठुलो झुट्का लाग्नेछ ।
यता प्रचण्डका कारण माओवादी पार्टी धराशायी बन्ने अवस्थामा पुगेको भनी उक्त पार्टीका नेताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन् । संविधान संशोधन प्रस्तावबारे पार्टीमा छलफल नचलाएको र राष्ट्रियता तथा राष्ट्रियता एकतामा दूरगामी क्षति पुर्याउने प्रकारले संविधान संशोधनको अन्तर्वस्तु तर्जुमा गरेको भन्दै पार्टीका प्रभावशाली नेताहरू प्रचण्डप्रति असन्तुष्ट बन्न पुगेका हुन् । टोपबहादुर रायमाझीलगायत हाल पाँच नम्बर प्रदेशको रूपमा चिनिएको क्षेत्रभित्रका माओवादी नेता तथा कार्यकर्ता पार्टी परित्याग गर्नेसम्मको निर्णयमा पुगिसकेका छन् ।
रायमाझी बाहेक भीम कडायत, जगत पार्की र सुन्दर रेग्मीले पनि माओवादी पार्टी परित्याग गर्नुपर्ने मानसिकता बनाएका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा प्रचण्डपुत्री रेणुका मितिनी रेणु चन्द (बैतडी) र दीपक साउद (अछाम) बाहेक सबैजसो नेता र कार्यकर्ताले पार्टी छोड्ने निर्णय गर्न लागेको स्रोतको दाबी छ । बेलाबेला उट्पट्याङ गरेर चर्चामा आइरहने नेता गोपाल किरातीले पनि प्रचण्डलाई राजीनामा बुझाएर चुपचाप बसिरहेका छन् । किराँती असन्तुष्ट बन्नुको कारण खुलेको छैन, तर उनले पनि प्रचण्डसँग नै असन्तुष्ट भएर राजीनामा दिएको बताइन्छ ।
पार्टी परित्याग गर्ने तयारीमा रहेका माओवादी नेता र कार्यकर्तामध्ये कतिपयले एमाले नेतासँग र कतिले त नेपाली कांग्रेस नेतासँग छलफल समेत चलाइरहेका छन् । केही युवानेता र कार्यकर्ताचाहिँ विप्लव (नेत्र विक्रम) नेतृत्वको माओवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा सामेल हुने तयारीमा छन् । सुदूरपश्चिममा माओवादीप्रतिको वितृष्णा जुनस्तरमा प्रकट भएको देखिँदै छ, यही अवस्था कायम रहेमा पूरै सुदूरपश्चिममा माओवादीका कुनै पनि उम्मेदवारले जमानत बचाउन सक्ने अवस्था देखिदैन् ।
कति स्थानमा जित्ला त माओवादी
त्यसो त संसदीय निर्वाचन हुनसक्यो भने माओवादीले बढीमा सात स्थानमा मात्रै विजय हासिल गर्न सक्ने सम्भावना देखिएको छ । रुकुमका जनार्दन शर्मा प्रभाकर, जाजरकोटका शक्तिबहादुर बस्नेत, रोल्पाका कृष्णबहादुर महरा, सिन्धुलीका हरिबोल गजुरेल, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहटका प्रभु साह र सिन्धुपाल्चोकमा अग्नि सापकोटालाई सम्भाव्य विजयी व्यक्तिका रूपमा लिइन्छ । जहिलेसुकै निर्वाचन भए पनि अध्यक्ष प्रचण्डले सहज विजय प्राप्त गर्न सक्ने अवस्था देखिदैन् । टोपबहादुर रायमाझी आउँदो चुनावसम्म प्रचण्डसँग एउटै पार्टीमा रहने सम्भावना कमै मात्र छ ।
माओवादी पार्टीमा नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलजस्ता नेताहरू पनि प्रचण्डको सोच र व्यवहारका कारण असन्तुष्ट हुने अवस्था पैदा भएको छ । पार्टीमा बौद्धिक, परिपक्व र दूरदर्शी नेताका रूपमा चिनिने श्रेष्ठ र पोखरेल यतिबेला माओवादीलाई छोड्न पनि नसक्ने र बसिरहन पनि नसक्ने अवस्थामा रहेको बताइन्छ । पार्टी सिद्धान्तच्यूत भएकोले यसरी प्रभावकारी नेताहरू असन्तुष्ट बनेका भए पनि वैद्य समूह छोडेर माओवादीमा फर्किएका रामबहादुर थापा बादल र पम्फा भुसाललगायतले भने प्रचण्डलाई आँखा चिम्लिएर साथ दिएका छन् ।
 

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]