२०१६ का लागि डिभी जित्ने ५५४ नेपाली अमेरिकी भिसाका लागि अयोग्य
Loading...
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले यसैसाता सार्वजनिक गरेको विवरण अनुशार सन् २०१६ का लागि डिभी परेरपनि ५५४ जना नेपालीहरु अमेरिका आउन पाएनन् । अरु डिभी लोटरी विजेता नेपालीहरुले सन् २०१५ को अक्टोबरदेखि सन् २०१६ को सेप्टेम्बरसम्म भिसा पाएपछि बाँकी ५ सय ५४ जना डिभी विजेता नेपालीहरुलाई भने भिसाका लागि अयोग्य ठहराइएको थियो ।
यसअघि सन् २०१६ का लागि डिभी लोटरी जितेका कम्तीमा ३ सय नेपालीहरु भिसाका लागि अयोग्य हुने खसोखास साप्ताहिकले अनुमान गरेको थियो । तर त्यो भन्दा पनि धेरै नेपालीहरु भिसाका लागि अयोग्य भएका छन् ।
संसारभरबाट डिभी लोटरी विजेताहरुमध्ये ५० हजारका लागि भिसा उपलब्ध हुने नियम छ । जसअनुशार एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने अमेरिकी सरकारको नियम रहेको छ । तर डिभीको छनौट प्रकृयामा कैयन व्यक्ति अयोग्य हुने भएकाले उपलब्ध हुने भिसा नम्बर भन्दा धेरैलाई लोटरी पार्ने गरिन्छ ।
किशोर पन्थी/अमेरिकाबाट ।
X
Related posts
No comments: