National News

[National News][stack]

गुल्मीमा झडप, सांसदसहित दुई दर्जन बढी घाईते

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
प्रदेश विभाजनविरुद्ध आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएपछि गुल्मी तनावग्रस्त बनेको छ। बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच जिल्ला प्रशासन कार्यालय अगाडि झडप भएको हो। १७ दिनदेखि बन्द तथा प्रदर्शन भईरहेको गुल्मीमा आन्दोलनकारीले सरकारी कार्यालयहरुमा तालाबन्दी गर्ने क्रममा प्रहरीले बल गर्दा झडप भएको हो। सो क्रममा प्रहरीले ९ राउण्ड अश्रुग्यास र केही राउण्ड हवाई फायर समेत चलाएको बताईएको छ। 
झडपको क्रममा सांसद कमला विश्वकर्मा र पत्रकार टोपलाल अर्यालसहित दुई दर्जन बढी घाईते भएका छन्। घाईतेहरुको गुल्मीका विभिन्न अस्पताल तथा मेडिकलमा उपचार भईरहेको छ।
आन्दोलनकारीहरुले जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरी पांच नं. प्रदेशको बोर्ड झुण्डाउने क्रममा प्रहरीले एक्कासी बल प्रयोग गरेको प्रदर्शनकारीहरुले बताएका छन्। आन्दोलनका कारण तनावग्रस्त बनेको गुल्मीमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, मालपोत, शिक्षा लगायतका कार्यालयमा तालाबन्दी भएको छ। लुम्बिनी अञ्चलका पहाडी जिल्ला अर्घाखाँची र पाल्पामा पनि कांग्रेसको नेतृत्वमा आन्दोलन जारी छ।
प्रदेश विभाजनको विरुद्धमा आह्वान गरिएको बन्दका कारण अरु जिल्लाहरुमा पनि आज बिहानैदेखि जनजीवन प्रभावित बनेको छ। प्रदेश नम्बर ५ का प्रायः सबै जिल्लाहरुमा संयुक्त संघर्ष समितिले ७२ घण्टे आमहड्ताल घोषणा गर्दै प्रदर्शनमा उत्रिएका छन्।
मंसिर १५ गतेदेखि २१ गतेसम्म बन्द आव्हान गरिएको रुपन्देहीमा आजदेखि फेरि ३ दिने आमहड्तालको घोषणा गरिएको हो। बन्दका कारण सडक, व्यापार व्यवसाय, शैक्षिक संस्थाहरु पूर्णरुपमा ठप्प बनेका छन्। बुटवलबाट महेन्द्र र सिद्धार्थ राजमार्ग भएर चल्ने कुनैपनि सवारीसाधन छुटेका छैनन्।
बुटवलमा संयुक्त संघर्ष समितिले विहान बिरोध ¥याली निकालेको छ। बुटवलको राजमार्ग चौराहाबाट निकालिएको विरोध जुलुस पुष्पलाल पार्क, अमरपथ, ट्राफिकचोक हुंदै पुनः पुष्पलाल पार्कमा आई कोण सभापछि समापन भएको थियो।
कोणसभामा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीले प्रदेश बाँडफाँडको नाममा अहिले जिल्ला टुक्राउने, पछि भावना टुक्राउने र अन्ततः देश नै टुक्राउने खेलमा वर्तमान सरकार लागि परेको भन्दै पाँच नंं प्रदेश विभाजन कुनै पनि हालतमा हुन नदिने बताए।
संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरु पनि बन्द गर्र्न भन्दै माईकिङ गर्दै हिंडेका छन्। तीन दिनको बन्दमा रातिको समयमा पनि यातायातका साधन नचलाउन बन्दकर्ताले आग्रह गरेका छन्।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]