प्रचण्ड कम्रेड तपाईले नै सिकाउनुभयो बन्दुक उठाउन त्यहि बन्दुक तपाई माथि उठाउन नपरोस् :अयोग्य लडाकु


Loading...
अयोग्य र नाबालकको बिल्ला भिराएर २०६६ साल पुस २३ देखि माघ २४ गतेसम्म देशका विभिन्न शिविरहरुबाट जनही २२ हजार रुपियाँका दरले रकम दिएर निकालिएका ४ हजार ८ जना माओवादी लडाकूका प्रतिनिधीहरुले माओवादी मुख्यालय पेरिसडाडामा पटक पटक आन्दोलन गरिसकेका छन् र तिनलाई तत्काल तह लगाउन प्रहरी हस्तक्ष्ोप पनि गरिसकेको छ ।
हामीले लडिदिएकोमा तपाईहरु कुर्चीमा पुग्नुभयो, चिल्लो कारमा हिड्नुभयो र महलमा बस्नुभयो हामीले नलडिदिएको भए तपाईहरु बढिमा प्रा वि र माविका शिक्षक बन्नु हुन्थ्यो होला तपाईलाई विश्वले चिन्छ त्यो हामीले बनायौँ तर तपाईलाई त्यस ठाउमा पु¥याउनेहरुको माग सम्वोधन गर्ने कि नगर्ने कम्रेड नत्र तपाईले नै सिकाउनुभयो बन्दुक उठाउन त्यहि बन्दुक तपाई माथि उठाउन नपरोस् भन्छन् पुर्व लडाकु हेनुहोस् भिडियोमा
लामो समययता आन्दोलन गरिरहेका यी बहिर्गमित लडाकुहरु पार्टी नेतृत्वतिर चोर औला ठड्याउँदै आएका छन् । बहिर्गमित लडाकुहरुको मामिलामा पनि माओवादी किन यस्तो व्यवहार गरिरहेको छ कि, न तिनको माग सम्वोधन हुन सकेको छ, न तिनलाई केही भन्न सकिरहेको छ । जसलाई अयोग्य भनेर शिविररबाट निकालेको थियो, तिनीहरु के चाहिरहेका छन् ? शान्ति सम्झौता भएको १० बर्ष वित्दा पनि उनीहरु किन त्यही मुद्दा लिएर पटक नेतृत्वविरुद्ध लड्नु पर्ने अवस्था आयो ? एक गभ्भीर प्रश्न हो ।१० बर्ष वित्यो तर अझै शान्ति प्रक्रियाको काम सकिएको छैन । यही कारण देखाएर माओवादीले आफ्नै नेतृत्वमा सरकार पनि बनायो तर समस्या समाधान हुन सकेको छैन । आखिर किन यस्तो भइरहेको छ यसको जवाफ र समाधान उसैसँग छ, उसले गरोस् ।
X
Related posts
No comments: