National News

[National News][stack]

पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना, पाइलटको मृत्यु

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...
पोखरा– ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज दुर्घटनामा परेको छ। जहाज दुर्घटनामा परेर एभिया क्लवमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ।
बुधबार बिहान कास्कीकोटको लौरुकस्थित आफ्नै हवाइ मैदानमा भएको दुर्घटनामा ह्याङग्लाइडिङमा उड्न थालेकी क्यानेडियन महिला जिलेनी भोल्कर घाइते भएकी छिन्। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा रहेका बैदाम चौकीका प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुसार ९ एन–एएलएल कलसाइन भएको ड्रागन जहाज दुर्घटनामा परेको हो।
‘म्याक्सिमोभले जहाज उडाएका थिए। जहाजले भुई छाडेर केही माथि पुग्नासाथ सन्तुलन बिग्रेछ। अनि धावनमार्ग नजिकै खस्दा दुर्घटनामा परेको हो,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘घाइते पाइलट म्याक्सिमोभको उपचारको क्रममा ज्यान गएको छ ।’
एभिया क्लवका अनुसार म्याक्सिमोभ विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन्। उनी एभियाका वरिष्ठ तथा प्रशिक्षक पाइलट पनि हुन्।
अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरीले तानेर निकै उचाइमा पुर्याएपछि हयाङग्लाइडिङ छाडिदिन्छ । त्यसपछि ह्याङग्लाइडिङ स्वतन्त्र रुपमा उड्न सक्छ। पर्यटक सवार ह्याङग्लाइडिङलाइ तानेर उडाउने क्रममा म्याक्सिमोभले उडाएको जहाजले सन्तुलन गुमाएको थियो ।
‘अल्ट्रालाइटले तानेको हयाङग्लाइडिङको डोरी चुडिएपछि जहाजले सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धाबाट देखिएको छ,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘डोरी चुडिएपछि जहाज भुइमा बजारिन पुग्यो ।’
एभियाले हयाङग्लाइडिङ उडाउनकै लागि भिन्दै खालको जहाज ल्याएको थियो । यसलाई पर्यटक उडानको साटो हयाङग्लाइडिङ उडाउन प्रयोग गर्दै आएको थियो । कम गतिमा उड्ने भएकोले एभियाले ह्याङग्लाइडिङ उडाउँदा ड्रागन जहाज प्रयोग गर्दै आएको थियो ।

No comments:

International News

[International News][btop]

Entertainment

[Entertainment][grids]

Interesting

[Interesting][Slideshow]