कांग्रेस नेता बलात्कारी निस्किए, खुकुरी देखाएर मुख थुनी १८ वर्षे किशोरीमाथि बलात्कार गरेको उजुरी


Loading...
काठमाडौं, ९ मंसिर, एक किशोरीलाई बलात्कार गरेको आरोपमा खोटाङ दोर्पाचिउरीडाँडा–४ स्थित लामीडाँडा निवासी नेपाली काङ्ग्रेसका स्थानीय प्रतिनिधि ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध उजुरी परेको छ ।
गोठमा राति एक्लै सुतिरहेकी एक १८ वर्षीया किशोरीलाई कात्तिक २९ गते बेलुका खत्रीले जबर्जस्ती बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
उनी सोही दिनदेखि फरार रहेको पीडित पक्षका परिवारले बताएका छन् ।
पीडितले दिएको उजुरीको आधारमा पीडक खत्रीलाई खोज्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
बलात्कृत किशोरीलाई मङ्सिर ६ गते बेलुका जिल्ला अस्पतालमा ल्याएर उपचार गरिएको छ ।
उनकोे अवस्था सुधार हुँदै गएकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । (राजधानी दैनिकबाट)
X
Related posts
No comments: