पाकिस्तानले खसाल्यो भारतीय ड्रोन !


Loading...
इस्लामाबाद– पाकिस्तानी सेनाले शनिबार नियन्त्रण रेखामा एक मानवरहित भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाले सो ड्रोन नियन्त्रण रेखापारि पाकिस्तानी क्षेत्रमा घसेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
पाकिस्तानी सेनाका प्रवक्ता जनरल असिम सलिम बजावाका अनुसार पास्तिानी सेनाले शनिबार साँझ चार बजेर ४५ मिनेटमा भारतीय ड्रोन खसालेको हो। सो ड्रोनलाई पाकिस्तानले आफ्नो कब्जामा लिएको छ। जनरल असिम सलिनले ट्वीट गर्दै भनेका छन्,‘सो ड्रोन पाकिस्तानी क्षेत्रको नियन्त्रण रेखा पारि ६० मिटर भित्र पसको थियो।’
गत वर्ष जुलाईमा पनि पाकिस्तानी सेनाले भारतीय अर्को ड्रोनलाई कस्मिरको भीम्बरमा नियन्त्रण रेखामा खसालेको दाबी गरेका थियो। पाकिस्तानका अनुसार सो ड्रोन हवाइ क्षेत्रमा घुसेको थियो। यसअघि पाकिस्तानले शुक्रबार पाकिस्तानी नौसेनाले एक भारतीय पनडुब्बीलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो।
X
Related posts
No comments: