पाकिस्तानी मिडियाको हेडलाइन- प्रचण्ड पनि भारतमा विके
Loading...
२३ कात्तिक, काठमाडौं ।
पाकिस्तानको एक माषिक पत्रिकाले नेपाली राजनीतिज्ञहरु भारतसँग लम्पसार गर्ने गरेको भन्दै फिचर प्रकाशित गरेको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको पाकिस्तानी मिडिया विश्लेषण छ ।
पाकिस्तानबाट प्रकाशित हुने माषिक पत्रिका साउथ एसिया फोरुममा फैजान उसामीले प्रचण्डको पछिल्लो सत्तारोहण पनि भारतकै चाहानामा भएको भन्दै लामो फिचर लेखेका छन् । नेपालमा प्रधानमन्त्री बनेपछि आशिर्वाद थाप्न भारत जाने गरेको र प्रचण्डले पनि यही परंपरालाई निरन्तरता दिएको उनको विश्लेषण छ ।
नेपालबाट प्रकाशित हुने पत्रिका नेपाली टाइम्सलाई उद्धृत गर्दै उक्त फिचरमा प्रचण्डले दिल्लीमा एक खालको प्रभाव दिन सफल भएपनि नेपालमा भने उनी पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको भान मात्र परेको समेत भनिएको छ ।
प्रचण्डले बालुवाटार छिर्ने समयमा गरेका प्रतिबद्धताहरु कुनै पनि पुरा नभएको र मधेशीहरुको माग बमोजिम संविधान संसोधन हुने सम्भावना तत्काल नभएको भन्दै उक्त माषिक पत्रिकामा संविधान संसोधन नगरी भारतलाई विश्वासमा लिन समेत प्रचण्ड असफल हुने उल्लेख छ ।
नेपालीहरुले गत वर्ष भारतले लगाएको नाकाबन्दी नभुलेको भन्दै नयाँ प्रधानमन्त्रीले पनि यथास्थितिबाट मुक्ति दिन नसकेको निष्कर्ष निकालेको छ । उक्त फिचरको निष्कर्ष छ, “नेपाल जस्ता भूपरिबेष्ठित मुलकुसँग जुनसुकै मूल्यमा पनि छिमेकीसँग आत्मसमर्पण गरेर टाँसिनेको विकल्प छैन” ।
यो पत्रिकामा नेपाल नाममा लेखिएको फिचरले पाकिस्तानमा भारतले नेपाललाई निरिह बनाएर राखेको भन्ने बुझाइ पाकिस्तानमा ब्याप्त रहेको बुझ्न कठिन छैन । नेपालमा भुटानिकरण भन्दै भुटानको मोडल भारतले नेपालमा अपनाउन खोजेको भन्ने गरिन्छ ।
तर पाकिस्तानमा भने नेपाल र भुटान भारतका लागि बराबर हैसियतका भएको भन्ने बुझाइ रहेको पत्रिकाले देखाएको छ । कुनै पनि पाकिस्तानी मिडियामा प्रधानमन्त्री प्रचण्डको विषयमा यति आक्रामक सामग्री प्रकाशित गरेको यो पहिलो पटक हो ।
X
Related posts
No comments: