बुद्धभूमि भारत भएको भ्रम छर्दै भारतीय प्रधानमन्त्री मोदी भियतनाममा


Loading...
शनिबार भारतीय प्रधानमन्त्री मोदीले भियतनामको राजधानी हनोईमा आयोजित बुद्ध धर्मावलम्बीहरुको कार्यक्रमलाई समबोधन गर्दै भारत वुद्धको भूमि भएको आफ्नो पुरानो भनाई दोहो¥याएका हुन । भारत भ्रमण गर्ने जोकोहीको पनि अनुहारमा शान्तिको चमक हुने उल्लेख गदैै बुद्धले भारतको भूमिबाट विश्वलाई दिएको शान्तिको सन्देश जुगौसम्म अमूल्य रहने बताए ।
भारतीय प्रधानमन्त्री मोदीले बुद्धत्वको प्रचार प्रसारमा भारत निरन्तर समर्पित रहने उल्लेख गर्दै युद्धको जर्जरबाट भियतनामलाई शान्तिको बाटोमा फर्कन बुद्धबादको महत्वपूर्ण भूमिका रहेको बताए । भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो नेपाल भ्रमणमा तत्कालीन संविधान सभाको वैठकलाई सम्बोधन गर्दै मोदीले बुद्धको जन्मभूमि नेपाल भएको सगर्व घोषणा गरेका थिए । तर त्यसपछि जर्मनी, बेलायत र राष्ट्रसंघ लगायतको भ्रमणमा भने मोदीले बुद्ध भारतमा नै जन्मिएको भ्रम छर्दै आएका छन् ।
X
Related posts
No comments: